24.1 C
Kathmandu

किसानलाई ६ रुपैयाँ बढ्दा उपभोक्तालाई १० रुपैयाँ बढ्यो दूधको मूल्य

काठमाडौं । सरकराले दूधको मूल्य किसानलाई ६ रुपैयाँ बढाउदाँ दूध उद्योगिलो भने उपभोक्ताई १० रुपैयाँ बढाएका छन् । दुग्ध विकास संस्थानले तोकेको मूल्यमा असहमति जनाउँदै निजी क्षेत्रका उद्योगीहरूको सहमतिमा आफूखुसी मूल्य बढाउँदा उपभोक्तालाई चर्को मार परेको हो ।

दुग्ध विकास संस्थानले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढाएको बताउँदा निजी डेरीले भने १० रुपैयाँ बढेको बताए । डीडीसीको निर्णय निजी क्षेत्रका उद्योगीहरूले नमान्ने भन्दै आफै नयाँ मूल्य तय गरेका हुन ।

सरकारले गत माघ १७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयले कच्चा दूधको मूल्य प्रति लिटर ६.५२ वृद्धि गरी कच्चा दूधको न्युनतम् मूल्य ५६.०४ रुपैयाँ तोकेको थियो ।

निजी डेरीले भने किसानलाई बढी मूल्य दिने भन्दै उपभोक्ता मूल्य बढाएको बताएका छन । डीडीसीले किसानलाई ६० रुपैयाँ दिने निर्णय गरेको छ ।

निजी क्षेत्रले किसानलाई २ रुपैयाँ बढाएर ६२ रुपैयाँ दिने पनि घोषणा गरेको छ । किसानलाई २ रुपैयाँ बढाएपश्चात् उपभोक्ता मूल्यमा भने निजी क्षेत्रले १ रुपैयाँ बढाएर प्रति आधा लिटरको प्याकेटको मूल्य ४३ रुपैयाँ तोकेको हो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार