29.1 C
Kathmandu

आकस्मिक रुपमा प्रधानन्यायाधीलाई महाअभियोग, शसक्त प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शंसेर जबरालाई सत्ता गठबन्धनले आकस्मिक रुपमा महाअभियोगको प्रस्ताव दर्ता गराएका छन । आइतबार विहानै गराएको उक्त प्रस्तावको नेकमा एमालेले साँझ मात्रै प्रतिवाद गर्ने धारणा सार्वजनिक गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावलाई गम्भीर षड्यन्त्रपूर्ण र अदालतमाथिको प्रहार भनेले शसक्त प्रतिवाद गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको एमाले सचिवालय बैठकले सत्तारुढ गठबन्धनमा रहेका दलका सांसदले पेश गरेको महअभियोग प्रस्तावलाई लोकतन्त्र र सार्वभौमसत्तामाथिको प्रहार र स्थानीय तहको निर्वाचनलाई धकेल्ने षड्यन्त्र भएको निष्कर्ष निकालेको हो ।

बैठकपछि एमाले महासचिव शंकर पोखरेलले भने, ‘यो कदम नेपालमा सत्तापक्ष र प्रतिपक्षका बीचमा लामो समयपछि थालनी भएको संवादको प्रयासलाई विथोल्ने षड्यन्त्रका रुपमा आएको हामीले अनुमान गरेका छौं ।’

उनले यो कदम अनुचित भएको भन्दै त्यसलाई असफल पार्ने पनि बताए । सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई विथोल्ने र अदालतलाई सत्ताको निर्देशनमा चल्ने संस्था बनाउने उद्देश्यले महाअभियोग प्रस्ताव दर्ता भएको पोखरेलले बताए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार