26.1 C
Kathmandu

शेयर बजारमा तेस्रो सर्किट

काठमाडौं । सत्ता गठबन्धन फेरिएपछि सेयर बजारमा सोमबार तेस्रो सर्किट ब्रेक लागेको छ । दोस्रो सर्किटपछि नेप्से परिसूचक ९८ अंक बढेर २०५९ अंकमा पुगेको छ ।

कारोबार सुरु भएको ३ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । २० मिनेटपछि खुलेको कारोबारमा फेरि ५ प्रतिशत बढेपछि दोस्रो सर्किट लागेको थियो । शेयर बजारमा तेस्रो सर्किट ब्रेकसँगै आज दिनभरीको कारोबार बन्द भएको छ ।

पहिलो सकिर्टपछि शेयर बजार ११ बजेर २३ मिनेटमा खुलेको थियो । दोस्रो सर्किटपछि खुलेको १ मिनेट अर्थात ११ बजेर २४ मिनेटमै ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि कारोबार बन्द भएको थियो ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार