23.1 C
Kathmandu

चिराइतो र नवशिला मुक्तक संग्रह विमोचन

मुक्तककार बद्रि उप्रेतीको मुक्तक संग्रह‘ चिराइतो‘ र नवराज पोखरेल नवशिला को मुक्तक संग्रह ‘नवशिला‘ दुई कृति एकै साथ लोकार्पण गरिएको छ । दुई कृतिहरूको आज एक भव्य समारोहका बीच लोकार्पण गरिएको हो । शनिबार काठमाडौं  स्थित लिलाध्वज साहित्य प्रतिष्ठानको हलमाती कृतिहरूको विमोचन गरिएको हो।

कुल २९९ वटा मुक्तक समेटिएको ‘चिराइतो’ र ४०० वटा मुक्तक रचना समेटिएका ‘नवशिला’ लाई नेपाल मुक्तक प्रतिष्ठानका उपाध्यक्ष वियोगी बुढाथोकी, मुक्तिनाथ साहित्य समाजका अध्यक्ष कलानिधि दाहाल , लिलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा , बरिष्ठ साहित्यकार तथा पत्रकार वियोगी बुढाथोकी, हामी र हाम्रो समुहका अध्यक्ष मदन नेपाल, साहित्यकारहरू शारदा आचार्य गौत्तम,  गङ्गा आचार्य सेढाईं, प्रा डा गोविन्द सिंह कार्की, नारी स्रष्टा समाजकी अध्यक्ष ममता मृदुल लगायतले संयुक्त रुपमा लोकार्पण गरे । कार्यक्रममा साहित्यकार तथा स्रष्टाहरूको निकै ठूलो जमघट थियो ।

यसअघि आफ्ना सयौँ सिर्जनाहरुलाई विभिन्न माध्यमबाट बाहिर ल्याइसकेका मुक्तककार बद्री उप्रेतीको व्यक्तित्व र उनको कृतित्वमाथि स्रष्टाले खुलेरै टिप्पणी गरेका थिए । त्यस्तै मोरङका साहित्यकार तथा मुक्तककार नवराज पोखरेलको नवशिला कृतिका बारेमा साहित्यकारहरूका उर्जाशिल र मुक्तककारका रुपमा रहेका सिर्जनशील स्रष्टा नवशिला रहेको उपस्थित स्रष्टाले बताए ।

कार्यक्रममा ‘चिराइतो’ मुक्तक को समीक्षा गर्दै प्रा. डा गोविन्द मान सिंह कार्कीले बद्रि उप्रेतीको साहित्यिक यात्राको प्रशंसा गरे । उनले उप्रेतीमा समकालीन साहित्यकार तथा मुक्तकारहरुमध्ये छुट्टै दर्शन र व्यक्तित्व आफूले पाएको बताए । ‘उहाँको लेखन यात्राबाट मानिसले सम्पत्तिबाट होइन, सानोसानो कुराबाट नै खुशी पाउँदो रहेछ भन्ने देखिन्छ ।’ उनले भने, खुशी प्राप्त गर्ने वा सन्तोष पाइने माध्यम साहित्य साधना पनि रहेछ भन्ने बद्रि उप्रेतीबाट सिक्न सकिन्छ ।’

मुक्तक संग्रह ’नवशिला’ को समीक्षा गर्दै ममता मृदुल ले एक शालीन र सरल व्यवहारका सशक्त मुक्तककार नवराज पोखरेल नवशिला रहेको आफूहरूले पाएको दाबी गरे । ‘नवराज पोखरेलको मुक्तकहरूको बढी विशेषता जीवनको अनुभवबाट निक्लिएर आएको छ ।’ उनले भनिन, उहाँका मुक्तकमा जीवनबोध र दायित्वबोध छ । उहाँ समाज र समयका खारिएका चित्रकार जस्तो देखिनुहुन्छ ।’

हामी र हाम्रो समुहका अध्यक्ष मदन नेपालले दुई मुक्तककारहरूले आफैमा सफल मुक्तककारका  रुपमा स्थापित भइसकेको उल्लेख गर्दै भने, जीवनलाई सोचेजस्तो अगाडि बढाउन साहित्यको महान परिभाषा दिनुभएको छ प्रेमिल भावनाबाट ओतप्रोत भएर ।’

यस्तै मुक्तिनाथ साहित्य समाजका अध्यक्ष कलानिधि दाहालले बद्री उप्रेती र नवराज पोखरेलका सिर्जनाहरूमा आफूले उर्वरता देखेको टिप्पणी गरे । ‘उहाँहरूको सिर्जनाहरूमा उचाइ, गहिराइ र बिस्तारित रूप देखिन्छ । यी तीन चिज जुन सिर्जनामा हुन्छ, त्यो नै उत्कृष्ट मुक्तक बन्छ, विमोचित कृतिका सिर्जनामा यी चिज भेटिन्छन् ।’ उनले भने, आफ्नो मौलिकता कायमै राखेर मुक्तककारहरूले मुक्तक कोर्न सक्नुपर्छ, सिर्जना गर्न सक्नुपर्छ ।’

दुवै कृतिबाट एक/एक मुक्तकहरू उपस्थित सर्जकले समेत वाचन गरेका थिए । आफूहरूले साहित्यको विकासका लागी भएपनि आफ्नो सिर्जनाहरुलाई आम पाठक समक्ष ल्याएका विमोचित कृतिका लेखकहरूको भनाई थियो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार