26.1 C
Kathmandu

सयपत्री हाइड्रोपावरको आज आइपीओ भर्ने अन्तिम दिन

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले साउन १३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको साधारण शेयर (आईपीओ)मा आवेदन दिने आज (साउन १७ गते) दिन रहेको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दारूका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि निष्काशन गरेको हो।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ६ लाख कित्ता शेयरहरुमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाको लागि निष्काशन गरी बाँकी रहेको १ लाख २१ हजार ६० कित्ता शेयर समेत थप गरी जम्मा ७ लाख २१ हजार ६० कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

जसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता कर्मचारीको लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी रहने ६ लाख ७० हजार ५८६ कित्ता साधारण शेयरका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै, मेरोशेयर वेब तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सकिनेछ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमबार कार्यालयसम ५ बजेसम्ममा ११ लाख ९५ हजार ८७५ आवेदनबाट एक अर्ब ३६ करोड ४८ लाख ८० हजार रुपैयाँ बराबरको १ करोड ३६ लाख ४८ हजार ८०० कित्ता शेयरको लागि आवेदन परेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार