23.1 C
Kathmandu

केन्द्रीय बैंकको निर्देशन: ब्याजदर बढ्नेदेखि तरलता सहजसम्मको अनुमान

काठमाडौं । एक वर्षका लागि केन्द्रीय बैंकले बैहरुलाई जारी गरेको निर्देशन कार्यान्वयनले ब्याजदर बढ्नेदेखि तरलतासहजसम्मको अनुमान गरिएको छ ।नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति जारी गरेपछि बुधबार एकीकृत निर्देशिका जारी गरेको छ ।

राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिकामा कोरोनाको समयमा बैंक तथा वित्तीय संथा, निजी क्षेत्र र ऋणीलाई दिएको सबै सुविधा कटौती गरेको छ । यस्तै केही नयाँ व्यवस्था पनि गरेको छ ।

नेपाल राष्ट्र बैंकले ऋणपत्र रकमलाई शर्तसहित कर्जा निक्षेप अनुपातमा गणना गर्न दिने व्यवस्था लागू गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा ऋणपत्र रकमलाई २०८० साल असार मसान्तसम्म निक्षेपको स्रोतमा गणना गर्न दिने व्यवस्था गरेको थियो ।

एकीकृत निर्देशिकामा २०७८ साल भदौ ८ अगाडि निष्कासन भएको ऋणपत्रमात्र कर्जा निक्षेप अनुपात र पुँजीकोष अनुपात गरेर दुबैतर्फ गणना गर्न दिने व्यवस्था गरेको हो । गतवर्षको भदौ ८ देखि अहिलेसम्म ३८ अर्ब ८० करोड रुपैयाँको ऋणपत्र निष्कासन भएको छ । १० अर्बको ऋणपत्र अहिले निष्कासनको पाइपलाइनमा रहेको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले दिने ३० प्रतिशत नगद लाभांशको व्यवस्था खारेज गरेको छ । राष्ट्र बैंकले एकीकृत निर्देशिका संशोधन गर्दै उक्त व्यवस्था हटाएको हो ।

राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७७र७८ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांस घोषणा तथा वितरण गर्न पाउने व्यवस्था गरेको थियो ।

यस्तो नगद लाभांश इजाजतपत्रप्राप्त संस्थाको २०७८ असार मसान्तमा कायम निक्षेपको भारित औसत ब्याजदरको प्रतिशतभन्दा बढी नहुने जनाएको थियो ।

खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका इजाजतपत्र प्राप्त संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांश वितरण गर्न नपाउने व्यवस्था गरेको थियो । अहिले उक्त व्यवस्थता हटाइएको हो ।

बैंक तथा वित्तीय संस्थाले नयाँ कर्मचारीहरुलाई नियुक्त भएको एक महिनाभित्र २ साताको तालिम प्रदान गर्नुपर्ने भएको छ ।

बैंक तथा वित्तीय संस्थाले अन्य कर्मचारीहरुलाई भने कार्यक्षेत्रसँग सम्बन्धित तालिम प्रत्येक २ वर्षमा कम्तीमा एक पटक प्रदान गर्नु पर्नेछ । तर, ट्रेड फाइनान्स तथा कर्जा सम्बन्धी कार्य गर्ने कर्मचारीहरुलाई भने विशिष्टिकृत तालिम प्रत्येक वर्ष प्रदान गर्नुपर्नेछ ।

बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई प्रदान गरेको तालिमको शीर्षक, मिति, अवधि, तालिम प्राप्त गर्ने कर्मचारीको नामावलीलगायत विवरण संस्थाको वेवसाइटमा अर्धवार्षिकरुपमा अद्यावधिक गर्नुपर्नेछ ।

संस्थागत निक्षेपकर्ताले व्यक्तिगत निक्षेपकर्ताको तुलना २ प्रतिशत बिन्दुले ब्याजदर कम पाउने भएका छन् ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशिका जारी गर्दै व्यक्तिगतको भन्दा संस्थागत तर्फ मुद्दति निक्षेपमा २ प्रतिशत बिन्दुले ब्याजदर कम गर्न भनेको छ । अहिले १ प्रतिशत बिन्दुले व्यक्तिगतको भन्दा संस्थागतको निक्षेपको ब्याजदर मुद्दतिमा कम छ ।

बैंकहरुले ११।०३ प्रतिशत ब्याजदर एकवर्षको मुद्दति निक्षेपमा व्यक्तिगत निक्षेपकर्तालाई दिएका छन् भने १०।०३ प्रतिशत ब्याजदर संस्थागत मुद्दति निक्षेपकर्तालाई दिएका छन् ।

राष्ट्र बैंकको निर्देशन भदौदेखि कार्यान्वयन गर्नुपर्ने व्यवस्था छ । बैंकहरुले राष्ट्र बैंकको निर्देशन कार्यान्वयनको लागि व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर १ प्रतिशत बिन्दुले बढाउनुपर्ने वा संस्थागत निक्षेपकर्ताको ब्याजदर १ प्रतिशत बिन्दुले घटाउनुपर्छ ।

निक्षेपमा दिने ब्याजदर मासिक रुपमा मात्र परिवर्तन गर्न सकिनेछ । आगामी महिनाको लागि निक्षेपमा ९स्वदेशी तथा विदेशी मुद्रा० लागु हुने ब्याजदरसम्बन्धी सूचना नेपाली महिना शुरु हुनु पूर्वप्रकाशित गरिसक्नुपर्ने छ ।

राष्ट्र बैंकले तय गर्ने बैंक दर तथा नीतिगत दर परिवर्तन भएमा तत्काल ब्याजदर परिवर्तन गरी प्रकाशन गर्न सकिने जनाएको छ । बैंकहरुले विदेशी मुद्रामा १८ प्रतिशतसम्म ब्याजदर दिएपछि प्रकाशित ब्याजदरभन्दा बढी लिन नपाइने व्यवस्था राष्ट्र बैंकले गरेको बताइन्छ ।

बोलकवोल को आधारमा संकलन हुने मुद्दति निक्षेप ९स्वदेशी तथा विदेशी मुद्रा० को हकमा प्रकाशित ब्याजदरमा ०।५ प्रतिशत बिन्दु भन्दा बढी नहुने गरी निक्षेप संकलन गर्नु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार