29.1 C
Kathmandu

नेप्से परिसूचक ३०.८९ अंकले गिरावट

काठमाडौं/ साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक गिरावट आएको छ । पछिल्लो समय निरन्तर रुपमा गिरावट आएको नेप्से आइतबार ३०.८९ अंक घटेर २ हजार ५१३.४१ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.४४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६८ अंकले गिरावट भएको छ ।

आइतबार कारोबारमा आएका २२५ कम्पनीको ३२ लाख ५३ हजार कित्ता शेयर १ अर्ब ४६ करोड ७ लाख ७३ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । २२५ कम्पनी मध्ये २९ कम्पनीको मात्र शेयरमूल्य बढेको छ भने १८८ कम्पनीको मूल्य घटेको छ । बाँकी ८ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आइतबार नेप्सेका १३ उपसमूहमा १२ उपसमूहको शेयर मूल्य गिरावट आएको छ भने एउटा मात्रै उपसमूह सामान्य बढेको छ । जसमा अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.१३ प्रतिशत घटेको छ । त्यस्तै, व्यापार, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा, लघुवित्त, जीवन बीमा र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

नेप्से परिसूचक ओरालो लागे पनि आज तीन वटा कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा राष्ट्र उत्थान लघुवित्त, इमर्जिङ्ग नेपाल र नेष्डो समृद्ध लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, जाल्पा लघुवित्तको शेयरमूल्य ४ प्रतिशत बढेको छ भने युनाइटेड इदी मार्दीको शेयर मूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ ।

कारोबार रकमका आधारमा ९ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर सूर्या लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सिद्धार्थ इन्स्योरेन्सको ५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने नबिल बैंकको ४ करोड भन्दा बढीको शेयर कारोबार भएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार