26.1 C
Kathmandu

भ्युज बढाउन प्लेन दुर्घटना गराउने अमेरिकी युट्युबरलाई २० वर्ष जेल

एजेन्सी/  आफ्नो युट्युब च्यानलको भ्युज बढाउने नियतले सानो आकारको प्लेनलाई नियतवश दुर्घटना गराउन् एक अमेरिकी युट्युबरलाई जेल २० वर्षको सजायको तोकिएको छ ।

सन् २०२१ को डिसेम्बरमा क्यालिफोर्नियाको शान्ता बार्बरा क्षेत्रमा स्नोबोर्डरबाट युट्युबर बनेका २९ वर्षीय ट्रेभर जेकब नामक २९ वर्षीय व्यक्तिले आई क्र्यास्ड माई एयरप्लेनु नामक भिडियो युट्युबमा अपलोड गरेका थिए । झन्डै ४० लाख जनाले हेरेको उक्त भिडियोमा उनलाई आफ्नो प्लेनको सबै भागमा क्यामरा राखेर प्लेन उडाउँदै गरेको र केही समय पछि प्यारासुटको सहायताले ओर्लिएको देख्न सकिन्छ ।

दुर्घटना गराएको स्थानमा फर्केर आफ्नो दर्शकलाई समेत ढाँटेका जेकबले अमेरिकी सरकारी निकाय नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डलाई दुई दिनपछि मात्रै दुर्घटनाको जानकारी गराएका थिए । बोर्डले दुर्घटनास्थललाई अनुसन्धानको लागि जोगाउने भनेकोमा युट्युबरले हेलिकप्टरमा सो स्थानमा फर्केर प्लेनको बचेका टुक्रा लिएर हिँडेका थिए । उनलाई पछि अनुसन्धानकै क्रममा पनि बारम्बार ढाँटेको र अमेरिकाको संघीय न्यायिक अनुसन्धानलाई बारम्बार प्रभावित गर्न खोजेको आरोप पनि लगाइएको थियो । त्यसलाई उनले स्वीकार गरेका छन् । अमेरिकी कानुनअनुसार यस्तो अभियोगमा २० वर्षसम्म जेल सजाय हुन सक्छ ।

जेकबले शुरूमा अनुसन्धानकर्ताहरूलाई प्लेन उड्दा उड्दै बन्द भएकोले आफू प्यारासुटको सहायतामा उत्रनु परेको भनेर झुक्याएका थिए । तर युट्युबमा रहेको भिडियोमा उनले सेल्फी स्टिकको सहायताले आफू झरेको मात्र नभएर प्लेन खसेको दृष्‍य पनि अपलोड गरेका छन् । एक वालेट कम्पनीको विज्ञापन गर्ने गरी सो भिडियोका लागि प्रायोजन पाएका जेकबले पहिले वालेटको प्रवर्द्धन गर्ने लामो भिडियो पनि अपलोड गरेका थिए, जुन अहिले हटाइसकिएको छ ।

अमेरिकाको संघीय उडान प्राधिकरणले सन् २०२२ को अप्रिलमा उनको पाइलट लाइसेन्स रद्द गरिदिएको थियो । सन् २०१४ को हिउँदे ओलम्पिकमा सहभागिता जनाएका जेकब आफ्नो स्नोबोर्डिङ करियर छोडेर युट्युबर बनेका थिए ।

 

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार