26.1 C
Kathmandu

डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घट्यो

काठमाडौँ / नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएको छ । पेट्रोलको मूल्य भने यथावत राखेको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले अघिल्लो पटकको मूल्यभन्दा डिजेलमा प्रतिलिटर ८ रुपैयाँ १३ पैसाका दरले घटाएर पठाएपछि निगमले प्रतिलिटर १० रुपैयाँ घटाएको हो । आईओसीले पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ ५२ पैसा घटाएर पठाएको थियो । तर, भारत र नेपालबीचको मूल्यान्तरलाई कारण देखाउँदै निगमले पेट्रोलको मूल्य यथावत राखेको छ ।

नयाँ खुद्रा बिक्री मूल्य मंगलबार राति १२ बजेदेखी लागु हुने छ । डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ५५ रुपैयाँ पर्नेछ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार