27.1 C
Kathmandu

प्रचण्ड उर्फ “छविलाल” : निरन्तर खुम्चँदै गएको व्यक्तित्व

प्रचण्ड स्वभाव ठूलो षड्यन्त्र, दाउपेच, घेराबन्दी र व्यवधानलाई ‘लात्ताले हानेर’ बाहिर निस्कने खालको छ । प्रचण्ड ठान्छन् कि ‘म गतिशील छु’ । उनको पार्टी र आन्दोलन कुनै शान्त नदी, समुद्र वा तुरतुरे धाराजस्तो हैन, गडगडाउँदो खोला, उर्लिदो खहरेजस्तो हो । गडगडाउँदो खोला वा उर्लिदो खहरेले के भत्काउँछ, के भत्काउँदैन ? के बगाउँछ, के बचाउँदैन ? कसैले भन्न सक्दैन । भत्काउनु पर्ने पनि भत्काउँछ, नभत्काउनु पर्ने पनि भत्काउँछ । बगाउनु पर्ने पनि बगाउँछ, नबगाउनु पर्ने पनि बगाउँछ । प्रचण्ड शान्त समुद्र, स्थिर प्रवाह भएको विशाल नदीसँग किन तुलना गर्न चाहँदैनन् आफूलाई रु शान्त समुद्रमा गडगडाउँदो खोलाको भन्दा कति हो कति धेरै पानी हुन्छ । अथाह खजाना हुन्छन् । उर्लिदो खहरेभन्दा विशाल प्रवाह भएको नदीको गरिमा, महिमा र सौन्दर्य व्यापक हुन्छ । तर, यति कुरा जान्दाजान्दै, बुझ्दाबुझ्दै पनि प्रचण्ड स्वघोषित गडगडाउँदो खोला हुन चाहन्छन् । उर्लँदो खहरे हुन चाहन्छन् । गडगडाउँदो खोलाले गाउँवस्ती बिर्गाछ । खेत खलियान कटान गर्छ । बाली बगाउँछ । वस्तीका मान्छेलाई दुःख दिन्छ । सपनाहरूको जलसमाधि गर्दछ । खहरेले केहीबेर जस्तै विध्वंस किन नगरोस्, अन्ततः त्यो सुक्नैपर्छ, स्वाप्पै । जस्तो कि माओवादी पार्टी तीन चुनावयता सुक्दै गएको छ ।

उथलपुथलको अर्थ कम्तिमा कांग्रेस नेता रमेश लेखकले संसद्मा भनेजस्तो ‘एउटासँग टिकाटालो गर्नु, दोस्रोसँग लगनगाँठो कस्नु, तेस्रोसँग हनिमुन मनाउनु, चौथोसँग डेटिङ गर्नु र पाँचौँसँग टाप कस्नु’ अवश्य हैन होला । प्रचण्डलाई ठीक यही र यस्तै चरित्रमा विश्वास छ भने त कसको के लाग्छ ? र, यही पारा हो भने आगामी चुनावमा पानी निख्रिएको खहरेजस्तै हुन सक्दछ माओवादी । किनकि अस्थिर र अवसरवादको सत्ता राजनीतिका कारण यसले जनविश्वास गुमाउँदैछ । तर, प्रचण्डलाई बरु गाली र आलोचना प्रिय छ । राष्ट्रिय जीवनको बर्बादी प्रिय छ । अस्थिर र अवसरवादको छवि प्रिय छ । खहरेझैँ निरन्तर सुक्दो पार्टी स्वीकार्य छ । राजनीतिक मानक र मूल्यको क्षयिकरण स्वीकार्य छ । दुनियाँले के भन्छ, मतलब छैन । उनको यो चरित्र र स्वभावको मूल्य देश र जनताले के कति तिर्नुपरेको छ, मतलब छैन । उनको चाहना उथलपुथलमा मात्र छ । उनी बाँचुन्जेल ‘उथलपुथल’ गरिरहन चाहन्छन् । के हो त्यो उथलपुथल ? के गर्छ त्यस्तो उथलपुथलले ? के परिणाम दिन्छ त्यसले रु सदाबहार उथलपुथलले दिने परिणाम सार्थक र सुखद नै हुन्छ भन्ने के छ ? दुखद र दुर्भाग्यपूर्ण परिणामका लागि गौरव गर्नुपर्ने किन ?

उथलपुथलको अर्थ कम्तिमा कांग्रेस नेता रमेश लेखकले संसद्मा भनेजस्तो ‘एउटासँग टिकाटालो गर्नु, दोस्रोसँग लगनगाँठो कस्नु, तेस्रोसँग हनिमुन मनाउनु, चौथोसँग डेटिङ गर्नु र पाँचौँसँग टाप कस्नु’ अवश्य हैन होला । प्रचण्डलाई ठीक यही र यस्तै चरित्रमा विश्वास छ भने त कसको के लाग्छ ? यदि प्रचण्डले बुझेको उथलपुथल ठीक यस्तै हो भने यो एक ‘अतृप्त आत्मा’ को ‘भोगाशक्ति’ भन्दा केही हैन । केही हुँदैन । ‘भौतिक इन्द्रिय’ मा सीमित मान्छे, जसको कुनै मानसिक चेत र आत्मिक सौन्दर्यबोध छैन, उसले मात्र यस्तो कुरामा विश्वास गर्न सक्दछ । र, ‘भोगाशक्ति’ उच्च नैतिक चरित्र भएको मानिसको विशेषता हैन । महात्मा गान्धी भोगले त्यो उचाइमा पुगेका हैनन् । नेल्सन माण्डेला भोगले माण्डेला भएका हैनन् । वैयक्तिक भोग र परिवारवादको घेरा आफैँमा सबैभन्दा ठूलो घेराबन्दी हो, कुनै क्रान्तिकारीले लात हानेर भत्काउनुपर्ने । आफैँ त्यसमा फसेपछि लात्ताले हानेर भत्काउन बाँकी नै के हुन्छ ? पार्टीको नाम त उनको अहिले पनि कम्युनिष्ट नै छ । माओवादी नै छ । सिद्धान्त मार्क्सवाद लेनिनवाद नै छ । तर, उनी संसदीय प्रणाली र व्यवस्थामा फर्किएको धेरै भयो । २०४८ सालको आम चुनावमा संयुक्त जनमोर्चादेखि गत चुनावको ११ प्रतिशत भोटसम्म एक फन्को मार्दा प्रचण्ड र माओवादीले हासिल गरेको उपलब्धि के हो ? दुनियाँलाई थाहा छैन ।

अघिल्लो पुस्ताका राजनीतिज्ञहरू बीपी कोइराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह, मनमोहन अधिकारीहरूले निर्माण गरेको गौरव र प्राप्त गरेको सम्मान सत्ताभोगबाट हैन । कम्तिमा उनीहरूसँग आफ्नै प्रकारको नैतिक जीवन थियो । जीवन मूल्य थियो । मूल्य प्रणाली थियो । के गर्न हुन्छ, के गर्न हुँदैन भन्ने केही आधारभूत मानक थिए । प्रचण्डसँग ती केही पनि देखिँदैनन् । विचारले उनी कुनै बेला कम्युनिष्ट थिए । संसदीय व्यवस्था र प्रणाली भत्काएर नौलो जनवादी क्रान्ति गर्न हिँडेका उग्रवामपन्थी कम्युनिष्ट । क्रान्तिका लागि एकपटक हतियार उठाइसकेपछि त्यसलाई कुनै निष्कर्षमा नपुर्याई बिसाउनु भनेको सर्वहारा वर्गमाथिको अपराध हो भन्ने विश्वास गर्ने कम्युनिष्ट । पार्टीको नाम त उनको अहिले पनि कम्युनिष्ट नै छ । माओवादी नै छ । सिद्धान्त मार्क्सवाद लेनिनवाद नै छ । तर, उनी संसदीय प्रणाली र व्यवस्थामा फर्किएको धेरै भयो । २०४८ सालको आम चुनावमा संयुक्त जनमोर्चादेखि गत चुनावको ११ प्रतिशत भोटसम्म एक फन्को मार्दा प्रचण्ड र माओवादीले हासिल गरेको उपलब्धि के हो ? दुनियाँलाई थाहा छैन ।

के त्यो साम्यवाद हो ? के त्यो समाजवाद हो ? के त्यो नयाँ जनवाद हो ? के त्यो सर्वहारा अधिनायकत्व हो ? के त्यो धनी गरिबबिनाको सर्वहारा राज्य हो ?  प्रचण्ड परिभाषाको सर्वहारा भनेको के हो ? कार्ल मार्क्सको सर्वहाराको परिभाषा प्रचण्ड र उनको परिवारसँग कतै तादात्म्यता छ ? यदि छैन भने त्यो कुनै सिद्धान्त त भएन । फेरि केको कम्युनिष्ट ? केको मालेमावाद ? विचार र सिद्धान्तको कुरा छोडौँ । प्रचण्ड त्यसो गर्ने पहिलो कम्युनिष्ट नेता थिएनन् नेपालका । हिजो एमाले र मदन भण्डारीले पनि त्यही गरेका थिए । ‘झापा विद्रोह’ नामको नक्सलवादी आन्दोलन हुँदै अन्ततः उनीहरू ‘बहुदलीय जनवाद’ मा आएका थिए । एमाले र मदन भण्डारीले त्यसो गर्न हुने प्रचण्डले संसदीय लोकतन्त्रमा फर्किन नहुने भन्ने त हैन । माओवादीले एकदलीय कम्युनिष्ट व्यवस्था ल्याउने धङधङी परित्याग गरी लोकतन्त्रमा फर्किनुलाई सबैले राम्रै मानेका थिए । स्वागत नै गरेका थिए । भलै कि त्यसले माओवादीलाई पुरानो विचारबाट विचारहीनतातिर लैजान्थ्यो । प्रचण्ड र माओवादीसँग कुनै विचार र सिद्धान्त त रहेन, कुनै एजेन्डा पनि बाँकी रहेन । कुनै बेला पहिचानसहितको सङ्घीयता उनको एजेन्डा थियो । अन्तरिम संविधान निर्माणदेखि प्रदेशको सीमाङ्कन नामाङ्कनसम्म माओवादीले कुनै पनि चरणमा पहिचानलाई न्याय गर्न सकेन ।

न शासकीय स्वरूप परिवर्तन भयो, न निर्वाचन प्रणाली । न कर्मचारीतन्त्रको ढाँचा परिवर्तन भयो, न राज्यको कार्यशैली । न अर्थतन्त्रको संरचना परिवर्तन भयो, न सार्वजनिक सेवा सुविधाको प्रभावकारिता बढ्यो । न भ्रष्टाचार रोकियो न, सुशासन प्रत्याभूत भयो । केही न केही । त्यसो भए भयो चाहिँ के त ? त्यही अवसरवाद र अनैतिक राजनीतिको प्रवर्द्धन । सत्ता गठबन्धन र समीकरणको अन्त्यहीन बदलाव । कहिले यता, कहिले उता । जता मल्खु, उता ढल्कु । जता हावा चल्यो, उतै पात हल्लियो । कहिले कांग्रेस, कहिले एमालेसँगको साझेदारी । परिणाम, त्यही एउटा पद, एउटा कुर्सी, एउटा मोटर गाडी, एउटा बालुवाटार क्वार्टर र एउटा सल्यूट । के ‘प्रचण्ड’ भन्ने मान्छे ठीक यतिकै लागि थियो रु यतिकै लागि त ‘छविलाल’ नै पर्याप्त थिएन ? न विचार रह्यो, न सिद्धान्त । न एजेन्डा रह्यो, न सङ्गठन । कम्तिमा राजनीतिक संस्कार त राम्रो दिएको भए हुन्थ्यो ! कुनै बेला देशको सबैभन्दा ठूलो भएको पार्टी, करिब २९ प्रतिशत मत ल्याएको पार्टी, आज एक्लै चुनाव लड्ने आत्मविश्वाससम्म बाँकी छैन । कसैले चुनावअघि गठबन्धन गर्दिनँ भन्यो भने अत्तालिन्छ । ४ वर्षपछि आउने चुनावका लागि आजैदेखि ताउरमाउर गर्छ भने त्यस्तो दलको विश्वसनीयता नै कति रहन्छ ?  २०६५ सालतिर एउटा अन्तर्वार्ता छापिएको थियो प्रचण्डको पार्टी र सत्ता नयाँ पुस्तालाई सुम्पिने र गान्धी हुने । आज उनी भन्छन्- यसो हेर्छु, कोही देख्दिनँ । साथीहरूले गरी खाँदैनन् । ४० वर्ष कुनै पार्टीको नेतृत्व गर्दा एउटा राम्रो कमरेड, एउटा गरिखाने क्षमताको उत्तराधिकार जन्माएछन् उनले । अनि खै के राजनीति भयो ?

उनले यति पनि बुझेनछन् कि राजनीतिक दल भनेको त्यस्तो सार्वजनिक सम्पत्ति हो, जसको अविच्छिन्न उत्तराधिकार हुन्छ, हुनु पर्दछ । प्रचण्डसँगै जन्मिने र प्रचण्डसँगै मर्ने पार्टी उनलाई चाहिएको होला, देश र जनतालाई किन चाहियो रु कम्तिमा एमाले कांग्रेसमा नेतृत्वको अविछिन्न उत्तराधिकार छ । एमाले कांग्रेस धेरै राम्रा, गतिला हैनन् होला । तर, माओवादीभन्दा यो मानेमा गतिलै देखिन्छन् भने मान्छेले माओवादी किन रोज्छन् ?  न विचार रह्यो, न सिद्धान्त । न एजेन्डा रह्यो, न सङ्गठन । कम्तिमा राजनीतिक संस्कार त राम्रो दिएको भए हुन्थ्यो ! कुनै बेला देशको सबैभन्दा ठूलो भएको पार्टी, करिब २९ प्रतिशत मत ल्याएको पार्टी, आज एक्लै चुनाव लड्ने आत्मविश्वाससम्म बाँकी छैन । कसैले चुनावअघि गठबन्धन गर्दिनँ भन्यो भने अत्तालिन्छ । ४ वर्षपछि आउने चुनावका लागि आजैदेखि ताउरमाउर गर्छ भने त्यस्तो दलको विश्वासनीयता नै कति रहन्छ ? त्यस्ता नेताको शान र स्वाभिमान कहाँ पुग्छ, कहाँ बाँकी रहन्छ ? कसले भविष्यको विकल्प वा सम्भावना मान्छ त्यस्तो दल र नेतालाई ? माओवादीलाई लाग्दो हो, त्यत्रो ठूलो, त्यति भीषण युद्ध गरेर आएको पार्टीलाई हेप्ने ? यदि हेपिँदैछ भने आज कसका कारणले हेपिँदैछ ? प्रचण्डलाई हिजो ‘क्रान्ति नायक’ ठान्नेहरू नै आज किन सजिलै ‘पल्टुराम’ भन्छन् ? कसका कारणले हो यो रु सत्ता, सत्ता र सत्ता, पद, पद र पदबाहेक केही नदेख्नेहरूको इतिहास जतिसुकै गौरवशाली किन नहोस्, वर्तमानमा ती ‘ढोडका तक्मा’ नै हुन् । र, भविष्यका लागि ती विकल्पका सम्भावना मानिँदैनन् ।

प्रचण्डको यो ‘गडबडिया’ चरित्रले बनाउने कम र बिगार्ने धेरै गरेको छ । कम्तिमा यसले मूल्य प्रणालीमा आधारित नैतिक राजनीतिको लोकतान्त्रिक संस्कृतिलाई रसातलमा पुर्याएको छ । देश र जनताले पाएका दुःख र सास्तीको त कुरै नगरौँ । राजनीतिप्रतिकै घृणा र वितृष्णाको कुरै नगरौँ । जसो तसो प्रचण्ड सत्तामा टिकिरहेका त छन्, जसलाई उनी आफ्नो गतिशील व्यक्तित्व र चलाखीपूर्ण नेतृत्वको प्रमाण मान्दछन् । संसदीय लोकतन्त्रमा हुने नै यस्तै हो, गर्नुपर्ने नै यस्तै हो भन्ने भाष्य बनाउन खोजेका छन् उनले । ज्ञात होस्, कि छिमेकी भारतमा पनि संसदीय लोकतन्त्र नै छ । त्यही नरेन्द्र मोदी १० वर्ष पूरा गर्दैछन्, एउटै ढाँचाको गठबन्धनमा । संसदीय लोकतन्त्र र अस्थिरता एकअर्काका पर्याय हुन् भन्ने भाष्य मान्छेले सजिलै पत्याउँदैनन् । कसैको व्यक्तित्व विघटन र पतन व्यवस्थाकै अन्तर्निहित चरित्र हो भनेर मान्न कोही तयार छैन । संसदीय लोकतन्त्रमा तेस्रो सानो दल निरन्तर प्रभावी बन्नु र सत्तामा टिक्नु एउटा कला त अवश्य होला नै । तर, कस्तो कला ? गतिशीलता कि गतिछाडा ? प्रचण्ड र उनका अन्ध अनुयायीलाई यो गतिशीलता लाग्ला । तर, अधिकांशले भन्नेछन् कि यो गतिशीलता हैन, गतिछाडा हो । गडबड हो । प्रचण्डको व्यक्तित्व, सोच र नेतृत्व शैलीमा अवश्य कुनै न कुनै गडबड छ । र, प्रचण्डको यो ‘गडबडिया’ चरित्रले बनाउने कम र बिगार्ने धेरै गरेको छ । कम्तिमा यसले मूल्य प्रणालीमा आधारित नैतिक राजनीतिको लोकतान्त्रिक संस्कृतिलाई रसातलमा पुर्याएको छ । देश र जनताले पाएका दुःख र सास्तीको त कुरै नगरौँ । राजनीतिप्रतिकै घृणा र वितृष्णाको कुरै नगरौँ ।

नेपाली शब्दकोषमा गतिछाडाको अर्थ यस्तो उल्लेख गरिएको छ आफ्नो इज्जत र मर्यादाअनुसार नचल्ने, गतिपति नभएको। काम गर्ने शक्ति भए पनि वास्ता नगर्ने वा हातखुट्टा नचलाउने, हुतीहारा। प्रचण्डले हातखुट्टा त चलाइरहेका छन् । तर, त्यो आफ्ना परिवारका सदस्यको व्यवस्थापनका लागि । देश र जनताले भने केही पाएका छैनन् । उनलाई लोकलाजको समेत परवाह हुन छाडेको छ । प्रचण्डले ढिलो नगरीकन यो बुझ्न जरुरी छ कि गतिशीलताका नाममा गतिछाडा अभ्यासले सत्ता, पद र सुविधा त देला । तर, शान, स्वाभिमान र गौरवमय इतिहास भने दिँदैन । राजनीति ‘भड्कने आत्मा’ हरूको भोग र तृप्तिका लागि हैन, बृहत्तर मानवीय हितका लागि गरिन्छ । फैलिनुपर्ने प्रचण्डको व्यक्तित्व र प्रभाव जसरी निरन्तर खुम्चिँदै गएको छ, यो अरुका लागि भन्दा बढी स्वयम् उनी, उनको पार्टी र आन्दोलनका लागि घाटा र चिन्ताको विषय हो । र, हुनुपर्ने पनि त्यही हो । अरुले त दुई चार दिन रमिता हेर्न र सास्ती भोग्नुपर्ने मात्रै न हो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार