29.1 C
Kathmandu

खै न्याय: शान्ति-समृद्धि खै ?

बुझ्दैनौ किन हो सुशासन कहाँ, खै न्याय खै शान्ति खै ?
आएको अनुदान बाँडचुँडमा समृद्धता हुन्छ खै ?
खै उद्योग विकास खै हुनसक्यो सन्तुष्टि मिल्ला कहाँ ?
बर्बादी छ जताततै विरसिलो कामै अधूरा यहाँ ।

बोल्दैनौ जनपक्षका विषयमा कर्तव्य बिर्स्यौ अब ;
पाएको अधिकार व्यक्तिगत भोझ शत्रु बने बान्धव;
अर्थोपार्जनका उपाय बहुधा भित्री कथाका क्रम;
आफू शुद्ध बनेर बस्न सकिने सञ्जाल छन् सक्षम ।

पाएको पद नै धराप नबनोस् लाभांशको जोडमा;
सर्कारी धनमा व्यवस्थित भई ठूलो हुने होडमा;
केन्द्रैदेखि प्रविष्ठ भेलसरि यो अत्यन्त आक्रामक;
भ्रष्टाचार त व्याप्त नै हुन गयो स्थानीय सत्तातक ।

बद्नामी अति भोझ तथ्याङ्क अहिले बढ्दो छ यो व्यापक;
सत्ताको उपभोगको क्रम हुँदा नेता बने पीडक;
दाताबाट प्रदत्त दान पनि त्यो मैले दिलाएँ भनी;
फैलाई अफवाह बन्न सकिने ठूलो भलाद्मी पनि ।

(शार्दूलविक्रीडित छन्दमा)

कर्जन्हा २ , बाबाताल रोड ,बन्दिपुर (सिरहा)

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार