29.1 C
Kathmandu

कांग्रेसद्धारा सहकारी अनियमिततामा बारे छानबिन गर्न संसदीय समिति गठन गर्न माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी अनियमितता सम्बन्धमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठन गर्न सरकारसँग माग गरेको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको जवाफ पछि काँग्रेसले यस्तो माग गरेको हो । काँग्रेसले यस विषयमा संसदीय समिति गठन नगरेमा संसद चल्न नदिने चेतावनी समेत दिएको छ ।

प्रधानमन्त्री दाहालले गृहमन्त्री लामिछानेको बचाउ गर्दै उनी कुनै सहकारीको सञ्चालक र व्यवस्थपक नभएको र उनको नाममा प्रवाह भएको ऋण फर्स्योट भएको देखिन आएकोले अनुसन्धान गर्नुपर्ने नदेखिएको भन्ने प्रहरीबाट ब्रिफिङ भएको बताएका थिए ।

प्रधानमन्त्रीको जबाफ पछि आफनो धारणा राख्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको जवाफ चित्त बुझ्दो नभएको भन्दै छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गरे । उनले भने, प्रधानमन्त्रीलाई नै गलत जानकारी दिइँदैछ । प्रधानमन्त्री नै अँध्यारोमा हुनुहुन्छ भने अब यो कुराको निष्पक्ष छानबिन कसरी होला ? उनले सहकारीको सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नका लागि माग गरे ।

सचेतक लेखकले भने, प्रधानमन्त्रीले कुनै प्रमाण छैन भन्नुभएको छ, म भन्छु पर्याप्त प्रमाण छ । पीडितले दिएको जाहेरी, पोखरा महानगरपालिकाको अध्ययन प्रतिवेदन र स्वयं लामिछानेले सरकारी अड्डामा गरेको कागजात बाहिर आइसक्दा प्रधानमन्त्रीले प्रमाण छैन भनेको उल्लेख गर्दै लेखकले प्रश्न गरे, ‘के प्रमाण हुँदा अनुसन्धान हुन्छ ?

विगतमा मन्त्रीमाथि प्रश्न उठ्दा छानबिनका लागि संसदीय समितिसमेत गठन भएको स्मरण गराउँदै सचेतक लेखकले आगामी दिनमा त्यो माग पूरा नगरिए संसद् अवरोध हुने चेतावनी दिएका थिए।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार