26.1 C
Kathmandu

सुन तस्करीमा मुछिएका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । महरालाई छानविनका लागि काठमाडौं ल्याउन लागिएको छ ।

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले सुन तस्करी प्रकरणमा महरालाई पक्रिएर मुद्दा चलाउन सिफारिस गरेको थियो । आइतबार मात्र गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका सबै जनामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएका थिए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार