29.1 C
Kathmandu

‘भागु’ राष्ट्रिय बाल नाटक मेलाकाे सर्वाेत्कृष्ट नाटक घाेषित


काठमाडौं । राष्ट्रिय बाल नाटक मेला २०८० काे सर्वोत्कृष्ट नाटक ‘भागु’ घोषित भएको छ । उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक लगायत ७ वटा अवार्डसहित सर्वोत्कृष्ट नाटकको उपाधि सहित ‘भागु’ ले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको हो

नाटक मेलाको समापन समारोहमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले विजयी नाटकका कलाकार, निर्देशक लगायतलाई ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरिन् ।


भक्तपुरको निष्ट स्कुलले तयार पारेका नाटक ‘भागु’ सुदूरपश्चिमको बैतडीमा भएको भागीरथी बलात्कार तथा हत्याकाण्डको सत्य कथामा आधारित छ । भागीरथीको न्यायको लागि लडिरहेको र छोरीको सुरक्षाको कुरा नाटकले उठाएको थियो ।

नाटकमा रुमानी रोकाया, ट्रेजा ढकाल, सुजन पहाडी, रेबिसा श्रेष्ठ, अपेक्षा अधिकारी, जिभिका खतिवडा, कृषा नेपाल, श्रीयम भट्टराई, आर्जन अधिकारी, स्यारोन कटुवाल, रिदम रावत, सौर्य शाह, अग्रिम थापाले अभिनय गरेका थिए । नाटकका लेखक पुष्पराज अवस्थी हुन् ।

गत फागुन १८ गते उद्घाटन भएको प्रतियोगितात्मक मेलामा १० वटा विभिन्न नाटक मञ्चन भएका थिए । कार्यक्रममा मन्त्री चौधरीले बिजेताहरूलाई बधाई ज्ञापन गर्दै प्रतियोगितामा हारजित हुने र हारसँग डर नमान्ने सुझाव दिइन् । उनले आफ्नै राजनीतिक संघर्षकाे उदाहरण दिँदै बारम्बारको प्रयासपछि मात्र आफू पनि सफल भएको बताइन् । देशकै शक्तिशाली व्यक्तिसँग पटकपटक निर्वाचनमा लड्दा आफूले गरेको संघर्ष र अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कनको संघर्षकाे उदाहरण दिँदै मन्त्री चौधरीले हारमा हतोत्साहित हुने र जितमा धेरै उत्साहित नहुन बालबालिकाहरूलाई सुझाउँदै मेहनत गर्न प्रेरित गरिन् ।

समापन समारोहमा नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्दीन अन्सारी, चलचित्र निर्देशक राजेन्द्र शलभ, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला आदिले बोलेका थिए । नाटक मेलालाई नेपाल टेलिकम, आलिसान फर्निचर, नेपाल मेडिकल कलेज, सुजल फुड, फरवार्ड नेपाल, क्याम्ब्रिज काठमाडौं, इजी केयर स्वास्थ्य सेवा, वाइवी सलुसन, नेपाल एयरलाइन्स, एभरेस्ट बैंक लगायतले प्रायोजन गरेका थिए ।

मेलामा भागु नाटकबाट उत्कृष्ट अभिनेता सुजन पहाडी, उत्कृष्ट अभिनेत्री रुमानी रोकाया, उत्कृष्ट सहअभिनेत्री ट्रेजा ढकाल, उत्कृष्ट प्रकाश परिकल्पना पुष्पराज अवस्थी, उत्कृष्ट नाटककार पुष्पराज अवस्थी र उत्कृष्ट निर्देशक लक्ष्मी जोशीले पुरस्कार जितेका छन् ।


त्यसैगरी मृगशिरा वर्ल्ड स्कूलले प्रस्तुत गरेको नाटक बाह्राले दर्शक छनौट पुरस्कारसहित उत्कृष्ट मञ्च परिकल्पना, उत्कृष्ट भेषभूषा तथा शृंगार, उत्कृष्ट पाश्र्व ध्वनि तथा संगीत गरी ४ वटा पुरस्कार जितेको छ ।

नाटकमा नेवार समुदायमा बालिकाहरूलाई गुफा राख्ने परम्परामा आधारित कथा पस्केको थियो । नाटकमा प्रभा बुढा, निलम महर्जन, कृष्ण यादव, रोज देउला, स्नेहा यादव, रोमन सुन्दास, तपस्या शाक्य, रितिका खड्का, एन्जल शाही, रोशनी पाण्डे, श्रीणा तामाङ, विप्लव अधिकारी, ज्यास्लिन रन्जित, श्रृजल मानन्धरले अभिनय गरेका थिए ।

प्रतियोगिताको उत्कृष्ट सहअभिनेताको पुरस्कार भने काभ्रे बनेपाको विद्यासागर स्कुलको नाटक नेपालको कानून दैवले जानुन्का कलाकार प्रसिद्ध तिमल्सिनाले पाएका छन् । त्यस्तै अनुशासित समुहको पुरस्कार भक्तपुरको नेक्सस स्कुलले प्राप्त गरेको छ ।

मेलामा ग्लाडस्टोन एकेडेमी गीता नामक नाटक प्रस्तुत गरेको थियो । प्रभाकर न्यौपानेले निर्देशन गरेको नाटकमा परिवारको जिम्मेवारी निर्वाह गर्न विदेशिएका श्रीमान बेपत्ता भएपछि आईपरेको जिम्मेवारी निर्वाह गर्न श्रीमतीले गरेको संघर्ष र छोरी गीताको बाल मनोविज्ञानमा परेको असरको कथा बुनिएको थियो । नाटकमा दिप्शा श्रेष्ठ, आयुश्मा पौडेल श्रृष्टि शर्मा, श्रृष्टि खड्का, उज्ज्वल खत्री, सौरम्य दाहाल, जेनिस बलम्पाखी, रिया खत्री, तयामा राई, परिधि महतले अभिनय गरेका थिए ।

त्यस्तै पुरानो सिनामंगलको नेक्सस स्कूलले सिम्रिकको अठोट प्रस्तुत गरेको थियो । नाटकमा व्यस्त शहरिया जीवनको कारणले खासगरि वृद्ध अवस्थामा पुगेका परिवारका सदस्यहरूबालबालिकाहरूको उचित हेरचाह नपुग्ने र त्यसको कारणले बालबालिकामा पर्ने मानसिक असरलाई नै देखाइएको छ ।

प्रभाकर न्यौपानेको निर्देशन रहेको नाटक उनैले लेखेका हुन् । नाटकमा गौरबी पराजुली, हेईस्का निरौला, अंशु खरेल, हृदय घिमिरे, रिसव सुवेदी, सम्भवी कार्की, रचना खरेल, जेनिस गौतम, सुस्मा स्याङताङ, आँचल पछाई, कृसु लामिछानेले अभिनय गरेका थिए ।

त्यसैगरी मेलामा बनेपा काभ्रेको विद्यासागर सेकेन्डरी स्कूलले नेपालको कानून दैवले जानून् शीर्षकको नाटक प्रस्तुत गरेको थियो । सुमन रंजीतको निर्देशन रहेको नाटकमा आमेश गौतम, आर्जन खनाल, सुविन न्यौपाने, सिद्धार्थ गौतम, प्रसिद्ध तिमल्सिना, नियोमी आभा श्रेष्ठ, नितिशा गोयन्का, अदिति गौतम, प्रतिक्षा बुढाथोकी भूमिका निर्वाह गरेका थिए ।

नाटक मेलामा मेरिडियन इन्टरनेशनले स्कुल बालुवाटारले दीपेन्द्र रानाद्वारा लिखित नाटक एक म प्रस्तुत गरेको थियो । सुजिता केसीले निर्देशन गरेको नाटकले व्यस्त अभिभावकका कारणले बालबालिकाले भोग्नु परेको समस्याको विषय उठाएको थियो । हुर्कंदो बालबालिकाहरूलाई अभिभावकले समय दिन नसक्दा ती बालबालिकाहरूमा पर्ने मानसिक असरलाई नाटकमा प्रस्तुत गरिएको थियो । नाटकमा निशिता पौडेल, याङचेन तामाङ, दृष्टि थपलिया, इसिता खरेल, स्वेच्छा तिमल्सिना, समरा जोशी, साईना रिजाल, नृपेश गुरुवाचार्यको अभिनय रहेको थियो ।

मेलामा कोलम्बस इन्टरनेशनले स्कुलले कथाकार गुरु प्रसाद मैनालीको कथा नासो लाई नाट्य रूपान्तर गरी प्रस्तुत गरेको थियो । राम केएसीले कथालाई नाट्य रूपान्तरण र निर्देशन गरेका थिए । नाटकमा आयुषा भण्डारी, क्रिशा बरुवाल, सौगात कक्षपती, साईना स्याङताङ, युक्ति थापा मगर, सुजल काफ्ले, सुयोग्य भण्डारी, ओसिङ आले मगर, निकेश लामा, सेजल काफ्ले, रिजन न्यौपानेले अभिनय गरेका थिए ।

त्यस्तै लिटल एन्जल्स स्कुलले सपनाको लक्ष्य नाटक प्रस्तुत गरेको थियो । दीपा बस्नेतको लेखन र निर्देशन रहेको नाटकमा लेलिना विष्ट, सुकृम रेग्मी, रश्मी लामा, प्रशंसा दाहाल लगायत कलाकारले अभिनय गरेका थिए ।

शंखमुलको नेरिक एकेडेमी स्कुलले मैले नदेखेको देश नाटक प्रस्तुत गरेको थियो । निशा पोखरेलको निर्देशनमा प्रस्तुत उक्त नाटक नेपालको दुर्गम गाउँहरूमा विद्यमान समस्या, सामाजिक कुरीति, जीवन यापनका समस्याहरू देखाइएको थियो । मेलामा रेडियन्ट रिडर्स एकेडेमीले अटिज्मले पीडित बालिकाको कथा प्रस्तुत गरेको थियो । राजन भुजेलको लेखन तथा निर्देशन रहेको नाटकमा सदीक्षा शर्मा, स्नेहा पौडेल, आध्या श्रेष्ठ, दिव्याङ्का पंजियार, सम्बृद्धि अधिकारी लगायतले अभिनय गरेका थिए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार