24.1 C
Kathmandu

काठमाडौंको टेंगलमा कुमार / कुमारी पूजा सम्पन्न 

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १८ मा शनिवार एक विशेष समारोहकाबीच २२१ जना कुमार / कुमारीहरूको पूजा गरिएको छ । स्थानीय रक्तकाली युथ क्लब टेंगलको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । 

उक्त अवसरमा क्लबका अध्यक्ष विधानराज वैद्यले स्थानीय टेंगल गणेस्थान अगाडि सबै कुमार / कुमारीहरूको तर्फबाट संकल्प गरि पूजा गरेका थिए । पूजा समारोहमा का.म.न.पा. १८ वडाका वडाध्यक्ष न्हूच्छेकाजी महर्जन लगायत स्थानीय समुदायको सहभागिता थियो । 

रक्तकाली युथ क्लबले विगतका वर्षहरू देखि नै कुमार / कुमारी पूजा समारोहको आयोजना गर्दै आइरहेको छ । यसका साथै क्लब अन्य विभिन्न सामाजिक गतिविधिमा पनि सक्रिय रहेको अध्यक्ष बैद्यले बताए । 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार