29.1 C
Kathmandu

माझी समुदायको राष्ट्रिय गीतको लोकार्पण

काठमाडौँ । माझी समुदायको महान चाड लदि पर्व तथा घाट पूजाको अवसरमा माझी राष्ट्रिय गीतको लोकार्पण गरिएको छ । माझी चलचित्र कर्मी संघले शनिबार काठमाण्डौको चाबहिल स्थित चलचित्र विकास बोर्डमा आयोजित शुभकामना तथा वृहत सांस्कृतिक कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्य मन्त्री सुशिला सिर्पाली ठकुरीको प्रमुख आतिथ्यमामा उक्त गीत लोकार्पण गरिएको हो ।  

सो राष्ट्रिय गीतलाई माझी समुदायका एक बौद्धिक व्यक्तित्व, लेखक तथा चलचित्र निर्देशक, माझी गीत, संगीत र साहित्यका पिता, माझी भाषा र इतिहासका ज्ञाता, सोम कुस्कु माझीले लेखेका हुन भने माझी किङ्गले सुपरिचित दर्जनौँ माझी तथा नेपाली गीतमा स्वर तथा संगीत भरिसकेका गायक एवं नायक यमन माझीले संगीत गरेका हुन ।

सो गीतमा माझी चलचित्र जगतका पहिलो नायक, गायक तथा माझी चलचित्र कर्मी संघका उपाध्यक्ष बिबस कुमार माझीका साथै बाबुराम माझी, विशाल माझी, सोम बहादुर माझी, रोहन माझी, पुरुषोत्तम माझी, महेश माझी, अमृता माझी, रिता माझी, सरिता माझी, अनिसा माझी, यमन माझी लगायतले स्वर दिएका छन । सो गीतलाई लक्षु प्रकाश मल्लले एरेन्ज गरेका हुन भने मनोज डङ्गोलले ध्वनि सम्पादन गरेका हुन ।

उत्त कार्यक्रम जनजाति चलचित्र महासङ्घकी महासचिव तथा माझी चलचित्र कर्मी सङ्घकी अध्यक्ष होम कुमारी माझी (सिजिका) को अध्यक्षता सम्पन्न भएको हो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार