26.1 C
Kathmandu

कमान्डो तालिम अन्तर्गत नेपाल प्रहरीका प्रशिक्षार्थीद्वारा बन्जी जम्पको अभ्यास  

कुष्मा। नेपाल प्रहरीको प्रहरी विशेष कला तथा कारबाही (कमाण्डो) तालिम अन्तर्गत नबौं समूहमा तालिमरत प्रहरीहरू बन्जी जम्प गर्न कुश्मा स्थित द क्लिफ पुगेका छन् ।

प्रहरी युक्ति तालिम महाविद्यालयले १ सय १४ जना प्रशिक्षार्थी प्रहरीहरूलाई  बिहीवार, शुक्रबार र शनिबारसम्म  बन्जी जम्प  योजना रहेको छ । बिहीवार १२ जनाले जम्प गरेका छन् भने बाँकीले शुक्रबार र शनिबार जम्प गर्ने योजना छ । 

तालिम संयोजक प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलको संयोजनमा क्लिफमा प्रहरीहरूलाई बन्जी जम्प गराउन लागिएको महाविद्यालयका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले जानकारी दिए । 

यसअघि समेत प्रहरीले तालिम अन्तर्गत विभिन्न साहसिक खेलहरूमा आफ्ना प्रहरीहरूलाई सहभागी गराउँदै आएको छ । 

तालिम अन्तर्गत प्रहरीको यसअघि २ समुहले फरक फरक समयमा द क्लिफमै बन्जी गरेका थियो ।   क्लिफका अध्यक्ष राजु कार्कीले नेपाल प्रहरीको तालिमको हिस्सा बन्न पाउँदा खुशी भएको बताए ।

राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै दोस्रो अग्लो बन्जी जम्प सञ्चालनमा छ । सो बन्जी जम्पका लागि देश विदेशबाट साहसिक पर्यटनका पारखी आउने गरेका छन् 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार