26.1 C
Kathmandu

ग्लोबल आइएमई बैंक लिमिटेड द्वारा महोत्तरीको गौशलामा नयाँ शाखा विस्तार

काठमाडौ ।  ग्लोबल आइएमई बैंक लिमिटेडले महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५, गौशालामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको गौशाला शाखाबाट बिहीबार देखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरू उपलब्ध हुनेछन् ।

नयाँ शाखा कार्यालय सञ्चालन सँगै बैकको ३५६ शाखा कार्यालय, ३७९ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्र रहेका छन् ।

ग्लोबल आइएमई बैंकका हाल ४६ लाख भन्दा बढी ग्राहक रहेका  छन्। सबैंका लागि बैंक भन्ने उदेश्यका साथ बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना लाई उत्कृष्ट सेवा प्रदान गरी बैकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, युएई, साउदी अरेबिया, मलेसिया, कतार, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार