29.1 C
Kathmandu

इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलविरूद्ध यौन दुर्व्यवहारको मुद्दा दर्ता

काठमाडौं । लोकगित सम्बन्धि कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलविरूद्ध काठमाडौं जिल्ला अदालतमा यौन दुर्व्यवहारको मुद्दा दायर भएको छ। कँडेलविरूद्ध आइतबार एक महिलाले मुद्दा दर्ता गरेकी हुन ।

आफूलाई कँडेलले दुर्व्यवहार गरेको दावी सहित उनले कँडेलमाथि सोमबार फिरादपत्र दर्ता गराएको जिल्ला अदालत काठमाडौंले जनाएको छ । उनले कँडेलविरूद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २२४ अनुसार कारबाहीको मागसहित मुद्दा दर्ता गरेकी हुन्।

उक्त दफामा यौन दुर्व्यवहार गर्न नहुने कसुर उल्लेख छ। कसैमाथि यौन दुर्व्यवहार गरेमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ।

 

 

पछिल्लो समय पीडित महिलाले सामाजिक सञ्जालमार्फत् आफूलाई कँडेलले यौन दुर्व्यवहार गरेको भन्दै सार्वजनिक गरेकी थिइन्।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार