26.1 C
Kathmandu

सहकारीमा समस्या आएपछि नेपालका आर्थिक गतिविधि प्रभावित भएका हुनः गभर्नर अधिकारी

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समयमा सहकारी क्षेत्रमा देखिएको समस्याले मुलुकको आर्थिक गतिविधि प्रभावित भएको बताएका छन् । सोमबार नेपाल बैङ्कर्स संघले आयोजना गरेको बैंकिङ क्षेत्रको अवस्थासम्बन्धी छलफलमा गभर्नर अधिकारीले यस्तो बताएका हुन्। 

उक्त कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सहकारीमा देखिएको समस्या, उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको भन्दै आफूले सहकारी सुधारको लागि आवश्यक समाधान बारे सम्बन्धित निकायमा जानकारी गराइसकेको बताए । उनले सहकारीका बचतकर्ताको १० प्रतिशत रकमको मात्रै भुक्तानी गर्न सकिएमा यो क्षेत्रमा देखिएको समस्या कम हुने र समस्याग्रस्त सहकारी खारेजीमा लैजानु पर्ने समेत बताए। 

गभर्नर अधिकारीले  बाहिर हल्ला भएजस्तो समस्या बैंकहरूमा नरहेको बताउँदै अहिले बढेको खराब कर्जा वास्तविक भएको बताए । गभर्नर अधिकारीले भने, बैंकिङ क्षेत्र धेरै पारदर्शिता भएको क्षेत्र हो तर, यसअघि चालु पुँजी कर्जाको कारण पनि कर्जा एभरग्रिनिङ भइरहेको थियो। यस सम्बन्धी मापदण्ड आएपछि अहिले बैंकहरूले खराब कर्जा लुकाउन नपाएका हुन्। यस्ता नीतिगत पुनर्संरचनाको समयमा केही कठिनाइ आउने भए पनि यो वृहत हितको लागि हुने बताए। 

गभर्नर अधिकारीले अहिले बैंकहरूलाई प्रशस्त प्रावधान रकम राख्न लगाइएकोले पनि खराब कर्जाको सबै जोखिमको बहन गर्न सक्ने अवस्था रहेको बताए । 

नेपालको बैंकिङ क्षेत्र दरिलो भएकोले कुनै बैंक पनि असफल हुने अवस्थामा नरहेको बताउँदै उनले एउटा बैंक बिग्रिँदा अन्य बैंकहरूलाई मात्रै होइन समग्र अर्थतन्त्रमा केही न केही प्रभाव पर्न सक्ने भएकाले कसैले पनि भ्रमपूर्ण कुरा गर्न नहुने बताए। 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार