29.1 C
Kathmandu

गायक भक्तराज आचार्यको निधन

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको ८२ वर्षको उमेरमा सोमबार निधन भएको छ । सोमबार अपरान्ह चानक अक्सिजन लेभल कम भएपछि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै उनको निधन भएको हो ।

आचार्य ०४६ साल मंसिर १९ गते भएको दुर्घटनामा परि जिव्रो काटिएपछि गित गाउन नसक्ने अवस्थामा पुगेका थिए । भजन शिरोमणिको उपाधि पाएका आचार्यका आचार्यका मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत निकै लोकप्रिय छन् । उनले करिब ४ सयजति गीत, गजल, भजन र राष्ट्रिय गीत गाएका छन् ।

आचार्यको पार्थिव शरीर आज अस्पतालमै राखिने र मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने बताइएको छ । आचार्यका श्रीमती, दुई छोरा बुहारी र दुई नाति छन् ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार