29.1 C
Kathmandu

मिटरब्याज पीडितलाई सडकमै भेटेर गृहमन्त्रीको आश्वासन मिटरब्याजीलाई कारबाही हुन्छ

काठमाडौँ / संसदबाट पास नभएर अध्यादेश निस्क्रिय बनेपछि पुनः सडक आन्दोलनमा उत्रिएका मिटरब्याज पीडितलाई उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सडकमै भेटेर मिटरब्याजीलाई कुनै पनि हालतमा कारबाही गर्ने बताउँदै आन्दोलन स्थगित गरेर घर फर्किन आग्रह गरेका छन् ।

मिटरब्याजीलाई कारबाही गर्न कुनै पनि शक्तिले रोक्न नसक्ने बताउँदै मन्त्री श्रेष्ठले भने, अब मिटरब्याज पीडितलाई न्याय दिलाउने काम अघि बढिसक्यो, यो कुनै पनि हालतमा रोकिनेवाला छैन । सरकार पीडितको पक्षमा छ ।

मन्त्री श्रेष्ठले सरकारले निष्क्रिय भएको अध्यादेशलाई प्रतिस्थापन गर्ने गरी विधेयक संसद्मा प्रस्तुत गरिसकेको बताउँदै अध्यादेशको आयु नसकिएको बताए । उनले भने, कानुन पारित नभएको होइन, अध्यादेशले जे व्यवस्था गरेको छ, त्यो कुरा कानुनमा पारित भएर आउँछ, तपाईंहरू अहिले नै आत्तिनुपर्ने अवस्था छैन,’ हामीले कानुन बनाउने प्रक्रियालाई जारी राख्नेछौँ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार