23.1 C
Kathmandu

सरकारले ट्रेजरी बिलमार्फत साढे २७ अर्ब आन्तरिक ऋण उठाउने

काठमाडौँ/ ट्रेजरी बिलमार्फत साढे २७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन राष्ट्र बैंकले बोलकबोल आब्हान गरेको छ । यसका लागि असार २५ गते दिउँसो ३ बजेसम्म सम्माको समय दिइएको छ । सोमबार बोलकबोल भएपछि मंगलबार ट्रेजरी बिल जारी गरिने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले यसपटक परिपक्व र अवधि पूरा भएका पुराना ट्रेजरी बिल पुनः बिक्री गर्न लागेको जनाएको छ । यी ट्रेजरी बिल २८, ९१, १८२ र ३६४ दिन अवधिका रहेको बताइएको छ। यसअघि सरकारले पटक पटक ट्रेजरी बिलमार्फत आन्तरिक ऋण संकलन गरिरहेको छ । सरकारले चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य तय गरेको छ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार