26.1 C
Kathmandu

घोराही सिमेन्टको आइपीओ निष्कासन निरन्तर, आवेदन सच्चाउन दिँदै फर्जी आवेदकलाई कारवाही हुने

काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रीले निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) पुनः सुचारु हुने भएको छ ।

नेपाल धितोपत्र बोर्डले अनलाइन प्रणाली सी–आस्वामा दर्ता भएका आवेदनमा आवेदकले शेयर कित्ता थपघट गर्न वा आवेदन फिर्ता गर्न सक्ने गरी बोर्डले आवेदन फिर्ता वा थपघट गर्न निष्कासन तथा बिक्री प्रबन्धकले सूचना प्रकाशित गरेको मितिले तीन दिनको समय दिने भएको छ ।

उक्त समयभित्र कम्पनीको सबै सेयर बिक्री नभएमा थप ७ दिनको समय दिन सकिने गरी घोराहीको आईपीओलाई पुनः सुचारू गरेको धितोपत्र बोर्डले जारी गरेको एक प्रेस विज्ञप्तिमा उल्लेख छ ।

फर्जी आवेदन परेको भन्दै यसअघि घोराही सिमेन्टको आईपीओ बिक्री प्रक्रिया रोकिएको थियो ।
अध्ययनले उक्त कम्पनीको आईपीओमा आवेदन दिँदा जालसाँजीयुक्त कारोबार गरेको भन्दै त्यसको छानविन गर्न नेपाल प्रहरीलाई सिफारिस गर्ने भएको छ ।

खातामा पैसा नभइ १० लाख कित्ताका दरले परेको आवेदन सर्वसाधारणलाई भ्रमित पार्ने उद्देश्यले आवेदन गरेको देखिएकोले जालसाजी सम्बन्धमा नेपाल प्रहरी समक्ष थप छानविनको लागि सिफारिस गर्ने प्रतिवेदमा उल्लेख छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार