23.1 C
Kathmandu

रिडी पावरको ५० प्रतिशत हकप्रद खुल्यो

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले शुक्रबारदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले ७७ करोड ४४ लाख ५० हजार ६०० रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो। कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ५ कित्ताको अनुपातमा हकप्रद सेयर निष्कासन गरेको जनाएको छ।

कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ५४ करोड, ८९ लाख १ हजार २०० रूपैयाँको ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

हकप्रद सेयरका लागि चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कम्पनीको केन्द्रिय कार्यालय, मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार