26.1 C
Kathmandu

सम्पर्क समितिले मन्त्री सुनुवारलाई गर्याे सम्मान

काठमाडौं /नेपाली कांग्रेस ओखलढुंगा– काठमाडौं उपत्यका सम्पर्क समितिले सोमबार काठमाडौमा एक कार्यक्रमको अयोजना गरि कोशी प्रदेशका नवनियुक्त मन्त्री प्रदीप कुमार सुनुवारलाई सम्मान गरेको छ ।

नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री हामेनाथ दाहाल, नेपाली कांग्रेस जिल्ला सभापति तेजेन्द्र खनाल र ओखलढुंगा– काठमाडौं उपत्यका सम्पर्क समितिका सभापति खिलानाथ लुइटेल लगायतले नवनियुक्त मन्त्री सुनुवारलाई सम्मान पत्र सहित बधाइ दिएका थिए । उक्त अवसरमा ओखलढुंबाट काठमाडौं आएर बसोबास गरिरहेका नेपाली कांग्रेसमा आवद्ध नेता,कार्यकर्ता तथा सुभेच्छुकहरुको उपस्थिती थियो ।

सम्मान कार्यक्रममा बोल्दै मन्त्री सुनुवारले ओखलढुंगाको विकास र समृद्दिका लागी प्रदेश सरकारबाट हुन सक्ने काम गर्ने प्रतिवद्धता ब्यक्त गरे । उनले भने, प्रदेश सरकारबाट गर्न सकिने योजनामा मैले कुनै कमि हुन दिने छैन । यो मेरो प्रतिवद्धता भयो ।

कोशी प्रदेशमा एमाले नेता हिक्मत कार्कीको सरकार अल्पमतमा परेपछि असार २३ मा नेपाली काँग्रेसका प्रदेश संसदीयदलका नेता उद्धव थापा नेतृत्वको नयाँ सरकार गठन भएको थियो । नयाँ सरकार गठनसँगै सुनुवार प्रदेशको मन्त्री चयन भएका हुन । सरकारले पूर्णता नपाएका कारण मन्त्रालयको भागबण्डा गरिएको छैन । त्यसैले सुनुवार अहिले विना विभागिय मन्त्रीका रुपमा रहेका छन् ।

कार्यक्रममा काँग्रेस नेता तथा पूर्व मन्त्री होमनाथ दाहालले ओखलढुंगा नेपाली कांग्रेसको लालकिल्ला भएपनि पछिल्लो समय संघ र प्रदेशमा दह्रिलो उपस्थिती जनाउन नसकेको अवस्थामा सुनुवार मन्त्री चयन हुनु निकै महत्वपूर्ण भएको बताए । उनले भने यो समग्र जिल्लाबासिका लागि पनि खुसिको कुरा हो ।

कार्यक्रममा बोल्दै ओखलढुंगा– काठमाडौं उपत्यका सम्पर्क समितिका अध्यक्ष खिलनाथ लुइटेलले ओखलढुंगाले धेरै समय पछि मन्त्री पाएकोले यो गर्वको क्षण भएको बताए । जिल्लाले मन्त्री पाएसँगै जिल्लाबासिमा अपेक्षा पनि बढेको बताउँदै अध्यक्ष लुइटेलले मन्त्री सुनुवारले जिल्लाबासिका अपेक्षालाई सक्दो सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमा विभिन्न वक्ताहरुले नवनियुक्त मन्त्री सुनुवारलाई शुभकामना दिँदै मन्तब्य राखेका थिए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार