23.1 C
Kathmandu

लम्पी स्किन रोगबाट ४८ हजार १३३ पशुको मृत्यु

काठमाडौँ / विगत केहि समय देखि फैलिएको लम्पी स्किन रोगबाट मुलुकभरका ४८ हजार १३३ पशु मरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार मुलुकभर १० लाख ५४ हजार ५५ पशुमा लम्पी स्किन रोग देखिएकोमा २ लाख ३७ हजार २८१ पशु संक्रमित रहेको र ७ लाख ६८ हजार ६४१ निको भएका छन् ।

लम्पी स्किन रोगबाट संक्रमित मुलुकभरका ३ लाख १ हजार २४६ पशुलाई खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो रोगबाट सुदूरपश्चिम, कर्णाली र वाग्मती प्रदेश तुलनात्मक रुपमा बढी प्रभावित रहेका छन् । लम्पी स्किन रोगबाट अहिलेसम्म सुदूरपश्चिममा २५ हजार ६०१, कर्णालीमा ६ हजा ४७१, लुम्बिनीमा ४ हजार, गण्डकीमा १ हजार ८०१, वाग्मतीमा ३ हजार ४७६, मधेसमा १ हजार ७ सय र कोशीमा ४ हजार ८१४ पशुको मृत्यु भएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार