29.1 C
Kathmandu

ललिता निवास जग्गा प्रकरणः गत वर्ष दायर रिट सर्वोच्चद्धारा खारेज

काठमाडौँ / सर्वोच्च अदालतले शुक्रबार ललिता निवास जग्गा प्रकरणका आरोपितले आफूहरुलाई पक्राउ नगर्न माग गर्दै गत वर्ष दायर गरेको रिट खारेज गरिदिएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र प्रकाश ढुंगानाको संयुक्त इजलासले रिट खारेज गरेको हो ।

न्यायाधीश ईश्वर खतिवडाको इजलासले गत वर्ष साउनमा तत्कालीन सहसचिवद्वय कलाधर देउजा र टीकाराम घिमिरेसहितका १९ जना आरोपितले आफूहरुलाई पक्राउ नगर्न नेपाल प्रहरीलाई प्रतिवादी बनाएर दायर गरेको रिटमा आरोपितहरुको मागबमोजिम अन्तरिम आदेश दिएको थियो ।

ललिता निवास प्रकरणमा अनुसन्धानका लागि केहि समय अगाडी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउन गरेका उनीहरु गत वर्षको यो अन्तरिम आदेशलाई देखाएर प्रहरीले पक्राउ गरे लगत्तै छुटेका थिए । सर्वोच्चको यो आदेशसँगै ललिता निवासको जग्गा हिनामिना प्रकरणका आरोपितलाई पुनः पक्राउ गरेर अनुसन्धान गर्न बाटो खुलेको छ ।

यसैवीच सर्वोच्च अदालतले ललिता निवास जग्गा हिनामिना प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह र भाटभटेनी सुपर स्टोरका सञ्चालक व्यापारी मीनबहादुर गुरुङको र धर्मप्रसाद गौतमको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट समेत खारेज गरिदिएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार