26.1 C
Kathmandu

मन्टेश्वरी किड्स वर्ल्डले मनायो धान दिवस 

काठमाडौं/ मन्टेश्वरी किड्स वर्ल्डले राष्ट्रिय धान दिवसको अवसर पारेर धान रोपाइ कार्यक्रमको आयोजना गरेको छ ।  स्कुलले काठमाण्डौंको टोखामा लगेर कक्षा १, २ र ३ का विद्यार्थीहरूलाई धान रोपाइ कार्यक्रम आयोजना गरेको हो । 

स्कुलकी प्रिन्सिपल शवनम सुब्बा थापाले विद्यार्थीहरूलाई रोपाइ संस्कृतिका बारेमा जानकारी गराउन यस किसिमको कार्यक्रम आयोजना गरिएको बताइन् । हामीले विगतका वर्षहरूमा पनि यस्तो कार्यक्रम आयोजना गथ्र्याैं । यस वर्ष पनि त्यसैलाई निरन्तरता दिएका हौं, प्रिन्सिपल थापाले भनिन्, कतिपय बच्चाहरूलाई धान कसरी लगाइन्छ भन्ने पनि थाहा हुँदैन । कृषि पेशा हाम्रो जीवनकै एउटा महत्वपूर्ण पक्ष पनि हो । यसका बारेमा जानकारी होस भनेर धान रोपाइ कार्यक्रम गरेका हौं ।

काठमाण्डौंको नयाँ बानेश्वर मिलनचोकमा रहेको मन्टेश्वरी किड्स वर्ल्डले मन्टेश्वरी पद्धतिबाट आधारभूत शिक्षा प्रदान गर्दै आइरहेको छ । यसले हाल मन्टेश्वरी वर्ल्ड स्कुल अन्तर्गत कक्षा १ देखि ३ सम्मको विद्यालय शिक्षाको समेत सुरुवात गरेको छ । 

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार