29.1 C
Kathmandu

एडीबी ले नेपाललाई ५ करोड डलर ऋण दिने

काठमाडौँ / एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई आन्तरिक र अन्तर्राष्ट्रिय व्यापार व्यापारका नीतिगत समस्या सुधारलाई कार्यान्वयन गर्न ५ करोड डलर ९६ अर्ब ५९ करोड रुपैयाँ ऋण दिने भएको छ ।

एडीबीले सरकारले व्यापार र निकासी प्रवर्द्धनको वातावरणमा सुधार र प्राथमिक वस्तुको आपूर्तिलाई सुदृढ गर्न जोड दिएको छ । आर्थिक वर्ष २०२२ मा नेपालको कुल गार्हस्थ उत्पादनमा व्यापार र उद्योगको योगदान १४।१ प्रतिशत रहेको तथ्यांक सार्वजनिक गर्दै एडिबीले कुल गार्हस्थ्य उत्पादनमा व्यापारको योगदान बढाउन जोड दिएको छ । त्यसैगरी एडीबीले भन्सार प्रणाली, सेवा तथा सीमा प्रक्रियाको सुधार आवश्यकता औल्याएको छ ।

एडीबी दक्षिण एसिया विभागका क्षेत्रीय सहयोग तथा सञ्चालन समन्वय निर्देशक थियाम ही एनजीले व्यापार र उद्योग क्षेत्रको विकासले प्रतिस्पर्धात्मकतालाई बढावा दिनेछ र देशलाई दिगो आर्थिक वृद्धितर्फ डोर्‍याउन मद्दत गर्ने बताएका छन् ।

यसबाहेक सुधारिएको व्यापार सहजीकरणले निर्यात बढाउन र नेपालको भुक्तानी सन्तुलनलाई सम्बोधन गर्न मद्दत गर्न सक्ने उनको भनाइ छ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार