8.1 C
Kathmandu

कनेक्ट फर इम्प्याक्ट’ नारासहित क्लासिक टेकले मनायो १७औँ वार्षिकोत्सव

काठमाडौँ । देशकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ‘प्रभावका लागि जोडौँ ’ भन्ने मूल नाराका साथ आफ्नो १७औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। वार्षिकोत्सवका अवसरमा कम्पनीले गुणस्तरीय इन्टरनेट सेवा प्रवाहका साथै प्रविधिको माध्यमबाट शिक्षा, रोजगारी र समावेशी विकासमा योगदान पुर्‍याउने आफ्नो प्रतिबद्धता नवीकरण गरेको छ।

कम्पनीका अनुसार ‘कनेक्ट फर इम्प्याक्ट’ अभियान सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले सुरु गरिएको एक दीर्घकालीन पहल हो। वार्षिकोत्सवको विशेष कार्यक्रममा क्लासिक टेकले सामाजिक क्षेत्रमा केन्द्रित दुई महत्वपूर्ण कार्यक्रम घोषणा गरेको छ।

जसअन्तर्गत, कम्पनीले समावेशी रोजगारी प्रवर्द्धनका लागि नेपाल अपाङ्ग महिला सङ्घसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ। साथै, ‘अनमोल चिल्ड्रेन डेभलपमेन्ट होमलाई उच्च गतिको निःशुल्क इन्टरनेट सेवा र एक थान कम्प्युटर उपलब्ध गराउँदै बालबालिकाको डिजिटल शिक्षामा टेवा पुर्‍याउने घोषणा गरेको छ।

वार्षिकोत्सवको अवसरमा कम्पनीले आफ्ना ग्राहक, कर्मचारी, व्यावसायिक साझेदार तथा सम्पूर्ण शुभेच्छुकप्रति आभार प्रकट गरेको छ। भविष्यमा पनि गुणस्तरीय सेवाका साथै सामाजिक उत्तरदायित्वका कार्यहरूलाई थप प्रभावकारी बनाउँदै समाजमा सकारात्मक योगदान पुर्‍याउने अभियानलाई निरन्तरता दिने कम्पनीले जनाएको छ।

थप समाचार

ताजा समाचार