29.1 C
Kathmandu

क्रिकेट खेलाडी र प्रशिक्षकलाई जनही ६ लाख दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ / बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले एसीसी प्रिमियर लिग विजेता नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य र प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

नेपालले मंगलबार यूएईलाई पराजित गर्दै एसीसी प्रिमियर कप जितेको थियो । मन्त्रिपरिषद्ले क्रिकेट टोलीका अफिसियललाई भने जनही ३ लाख रुपैयाँका दरले सम्मान गर्ने निर्णय गरेको छ । ।

मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले क्रिकेट खेलाडीले देशको मान बढाएको र त्यसको विकास भइरहेकाले सरकारले उनीहरूलाई पुरस्कृत गर्ने निर्णय गरेको बताइन।

प्रवक्ता शर्माका अनुसार मन्त्रिपरिषद्को बैठकले कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउका लागि आगामी बजेटमा प्राथमिकता दिने पनि निर्णय समेत गरेको छ ।

 

 

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार