29.1 C
Kathmandu

एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी

काठमाडौँ / नेकपा एमालेका सचिव तथा पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध नेपाल प्रहरीले बुधबार पक्राउ पुर्जी जारी भएको जारी गरेको छ । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालत काठमाडौंबाट बाबुछोराविरुद्ध पक्राउ पुर्जी लिएको हो ।

यो प्रकरणमा नेपाल प्रहरीले बुधबार उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ गरेको छ। उनी गृह मन्त्रालयको सचिव भएकै अवस्थामा नक्कली शरणार्थी प्रकरण र गिरोहसँग रकम लेनदेनमा विषयमा पाण्डेको समेत संलग्नता रहेको बताइएको छ । तत्कालीन गृहसचिव पाण्डेको प्रारम्भिक बयानका आधारमा रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ ।

यो प्रकरणमा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै गिरोहले ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाएको प्रहरीले जनाएको छ । यो प्रकरणमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसमेत पक्राउ परेका छन् । प्रहरीले रायमाझीका छोराका नाममा काटेको डेढ करोडको चेक पनि प्रहरीले बरामद गरेको थियो ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार