29.1 C
Kathmandu

उपनिर्वाचनको दिन मनकामना केबलकार बन्द रहने

काठमाडौं / वैशाख १० गते हुने उपनिर्वाचनका दिन मनकामना केबलकारको सेवा बन्द रहने भएको छ । मनकामना दर्शन प्रालि ले विज्ञप्ति जारी गर्दै चितवन क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचनको मतदानको दिन मनकामना जाने केबलकार सञ्चालन हुदाँ भिड बढ्ने र सुरक्षा संवेदनशिल बढ्ने हुदाँ उक्त दिन मनकामना केबलकार बन्द रहने जानकारि दिएको हो।

उपनिर्वाचनलाई लक्षित गरी केबलकार सेवा बन्द गर्न जिल्ला प्रशासन कार्यालय चितवनले गरेको आग्रह अनुसार सेवा बन्द गर्न लागिएको बताइएको छ । मनकामना केबलकारको बटम स्टेसन चितवनको कुरिनटार क्षेत्र नं २ भित्र पर्छ । वैशाख ११ गते देखि केबलकार पुनः सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार