23.1 C
Kathmandu

सरकारले निजी क्षेत्रलाई नियन्त्रण गर्ने गरी कुनै कानुन बनाउँदैनः प्रधानमन्त्री दाहाल

काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले निजी क्षेत्रलाई नियन्त्रण गर्ने गरी कुनै कानुन नबनाउने प्रतिबद्धता जनाएका छन् ।शुक्रबार प्रधानमन्त्रीसँग भेट गर्न गएको नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्रीले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

व्यवसायीहरुसँगको भेटका क्रममा प्रधानमन्त्री दाहालले वर्तमान समयमा अर्थतन्त्रमा संकट देखिएको र यस्तो समयमा निजी क्षेत्र संकुचित हुने र निजी क्षेत्रलाई नकरात्मक प्रभाव पर्ने गरी कुनै पनि कानुन नबनाउने बताए । उनले भने, नेपालको संविधानले निजी क्षेत्र र व्यवसायलाई प्रवर्द्धन गर्ने व्यवस्था गरेको छ । म यसमा प्रतिबद्ध छु ।

उद्योग बाणिज्य संघमा निर्वाचित नयाँ कार्यसमितिले प्रधानमन्त्रीसँग भेट गर्दै निजी क्षेत्रका विभिन्न सबालमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो । भेटमा नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई समेत अख्तियार दुरूपयोग अनुसन्धान आयोगको दायराभित्र राख्ने गरी विधेयकको प्रक्रिया अगाडि बढाएकोमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

भेटको क्रममा प्रधानमन्त्रीले नव निर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिँदै महासंघमा कुशल नेतृत्व आएको भन्दै खुसि व्यक्त गरे । उनले अर्थतन्त्रमा देखिएको संकट कायमै रहेको बताउँदै यस्तो अफ्ठायारो समयमा सरकार र निजी क्षेत्रबीच बलियो सहकार्यको आवश्यकता रहेको औल्याए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार