26.1 C
Kathmandu

त्रिभुवन विमानस्थलले ३०० मजदुरको सामाजिक सुरक्षाको पैसा एक वर्षदेखि पठाएन, मजदुर मारमा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलले करिब ३०० जना मजदुरको सामाजिक सुरक्षाको पैसा एक वर्षदेखि रोकेर राखेको छ ।

मजदुरको सामाजिक सुरक्षामा योगदान गरेवापत पठाउनुपर्ने रकम नपाठाएका कारण मजदुर मारमा परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाइमा खटिने मजदुरको सामाजिक सुरक्षाको पैसा १ वर्षदेखि रोकेको विषयमा श्रम मन्त्रालयले विमानस्थल कार्यालयको ध्यानाकर्षण गराउँदा समेत उक्त योगदानवापतका रकम जम्मा भएको छैन् ।

विमानस्थल कार्यालयले भुक्तानी गर्नुपर्ने मिसन इन्नोभेटिभ एचआरजेभीका १५० जनासहित करीब ३०० मजदुरको सामाजिक सुरक्षामा पठाउनुपर्ने रकम विमानस्थल कार्यालयकै कर्मचारीको असहयोगका कारण उक्त रकम कोषमा जम्मा नभएको पाइएको छ ।

विमानस्थल कार्यालयलाई श्रमिकको सामाजिक सुरक्षा कोषमा योगदान गर्नुपर्ने रकम भुक्तानी तत्काल गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जेठ १२ गते पत्र समेत काटेको छ ।

पत्रअनुसार त्रिभुवन विमानस्थल कार्यालयले श्रम विभागले जेठ ५ गते पठाएको पत्रलाई बेवास्ता गरेको, मजुदरले गत २०७८ वैशाखदेखि नै पाउनुपर्ने सामाजिक सुरक्षा कोषको रकम नपाएको उल्लेख छ ।

विमानस्थल कार्यालयले इन्नोभेटिभमार्फत आपूर्ति गरिएका मजदुरको सामाजिक सुरक्षामा योगदान गर्नुपर्ने रकम जम्मा गरिदिनुपर्ने उल्लेख छ । विमानस्थल कार्यालयले कम्पनीको सम्झौताको समय २०७९ असारसम्म थप गरेको छ ।

समय थप गर्ने सम्झौता नवीकरण भएपछि दिने भनिएको रकम मजदुरले अझै पाएका छैनन् । मजदुरको सामाजिक सुरक्षा कोषमा जम्मा हुनुपर्ने रकम तत्कालै जम्मा गरेर ७ दिनभित्र जानकारी दिन पनि विभागले विमानस्थललाई काटेको पत्रमा उल्लेख छ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार