23.1 C
Kathmandu

युवा मन्त्रालयले राष्ट्रिय युवा परिचालन कार्यक्रममा पौने २ करोड खर्चने, कुन क्षेत्रकाले कति पाउँदैछन् लाभ ?

काठमाडौं । युवा मन्त्रालयले राष्ट्रिय युवा परिचालन कार्यक्रममा पौने २ करोड रुपैयाँ खर्चने भएको छ । युवा मन्त्रालयले पाएको आगामी आर्थिक वर्षको कुल बजेट ३ अर्ब २५ करोड २५ लाख रुपैयाँमध्येबाट राष्ट्रिय युवा परिचालन कार्यक्रममा १ करोड ७७ लाख रुपैयाँ खर्च गर्ने भएको छ ।

यस्तो खर्चमा मन्त्रालयले टेलिभिजनबाट प्रसारणका लागि युवासम्बन्धी कार्यक्रम ३० वटा बनाउन २८ लाख, टेलिभिजनबाट युवा सम्बन्धी कार्यक्रम प्रसारण गर्न ३० वटा कार्यक्रमकै लागि ८ लाख रुपैयाँ खर्च गर्ने गरी मन्त्रालयको बजेट तयार पारेको छ ।

मन्त्रालयले तयार पारेको यस्तो बजेटमा युवा प्रकाशन लेखहरूको लागि एउटैको ४ लाख, युवा तथा खेलकुद मन्त्रालयको वृत्तचित्र निर्माण गर्न १० लाख, युवा उद्यमशीलताका लागि सञ्चालन गर्ने क्षमता विकास कार्यक्रमको प्रभावकारिता अध्ययन गर्न १० लाख खर्च गर्ने उल्लेख  ।

राष्ट्रिय युवा प्रतिभा सम्मान १० जनाको लागि १३ लाख, अन्तराष्ट्रिय युवा अनुभव आदानप्रदान ३० जनाको लागि ३० लाख खर्च गर्ने भएको छ । मन्त्रालयले तयार पारेको यस्तो बजेट अनुसार युवासम्बन्धी कार्यक्रमको अन्तरमन्त्रालय समन्वय र सहजीकरण गोष्ठी गर्न २ जनाको लागि ४ लाख रुपैयाँ खर्च गर्ने भएको छ ।

मन्त्रालयले मानवता प्रवर्द्धनका लागि ५०० युवा विद्यार्थीलाई सचेतना गराउने भएको छ । यस्तो कार्यक्रम गर्न ७ लाख खर्च लाग्ने गरी बजेट तय गरेको छ ।

युवा प्रतिभाबाट सम्मानित व्यक्तिहरूको अनुभव आदानप्रदान तथा छलफलका लागि ६ लाख खर्च लाग्ने गरी कार्यक्रम तय गरेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले तयार पारेको यस्तो कार्यक्रमबाट युवाको परिचालन हुने र सम्बन्धित क्षेत्रमा रुचि जगाउनुका साथै युवा व्यक्तित्वको सम्मान हुने सहितको प्रगति हुने पनि मन्त्रालयले जानकारी दिएको छ ।

यस्तो छ यूवा परिचालन कार्यक्रमा हुने आगामी वर्षको खर्च (रु.लाखमा)
 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार