26.1 C
Kathmandu

राष्ट्र बैंकलाई गलाउने प्रयासमा लगानीकर्ता, मौद्रिक नीतिले हटाउला ४/१२ को सीमा

काठमाडौं । राष्ट्र बैंकलाई गलाउने प्रयासमा पुँजीबजारका लगानीकर्ता लागि परेका छन् । एक वर्षदेखि निरन्तर घटिरहेको सेयर बजार सुधार गर्न लगानीकर्ताले दबाब सिर्जना गरिरहेका छन् ।

चालू आवको मौद्रिक नीतिले लिएको न्यूनतम ४ करोड र अधिकतम १२ को सीमालाई हटाउने प्रयास लगानीकताहरुको छ । लगानीकर्ताले आगामी आवको मौद्रिक नीतिबाट गत वर्षको सीमा हटाउन दबाब दिन थालेको छन् ।

लगानीकर्ताको दबावसामू नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीपनि सकारात्मक हुन थालेका छन् । अधिकारीले लगानीकर्ताहरुलाई सेयर बजारमा देखिएको समस्या समाधान गर्ने आश्वासन दिएका छन् ।

केहीदिन अघि प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर अधिकारीलाई फोन गरेर सेयर बजारको समस्या समाधान गर्न निर्देशन दिएका थिए । प्रधानमन्त्री देउवाको निर्देशनपछि गभर्नर अधिकारी सेयर बजारप्रति निकै सफ्ट देखिएका छन् ।

लगानीकर्ताहरुले गभर्नर पुँजी बजारप्रति नकरात्मक भएकाले बजार घटेको आरोप लगाउँदै आएका छन् । पुँजी बजार लगानीकर्ता संघका प्रतिनिधिसँगको भेटमा गभर्नर अधिकारीले लगानीकर्ताको समस्यालाई आफूले गम्भिर रुपले लिएको अध्ययन गरेर समस्या समाधानको लागि सहजिकरण गर्ने बताएका छन् ।

संघ अध्यक्ष राधा पोखेरलको नेतृत्वमा गएको टोलीले गभर्नर अधिकारीसँग भेटेर आगामी मौद्रिक नीतबाट सेयर बजार सुधारको नीति लिन आग्रह गरेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार