29.1 C
Kathmandu

बिमस्टेक सम्मेलनलाई प्रधानमन्त्री देउवाले काठमाडौंबाटै सम्बोधन गर्ने

काठमाडौँ /श्रीलंकको राजधानी कोलम्बोमा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक) को पाँचौ शिखर सम्मेलनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंबाटै सम्बोधन गर्ने भएका छन् ।

चैत १६ गतेदेखि सुरु हुने बिमस्टेक शिखर सम्मेलनलाई प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बिमस्टेकको पाँचौं सम्मेलन हाइब्रिड (आधा भर्चुअल र आधा भौतिक उपस्थिति) शैलीमा हुने भएको छ । उक्त सम्मेलनमा सभागि हुन परराष्ट्रमन्त्री नारायण खड्का नेतृत्वको प्रतिनिधिमण्डल भने कोलम्बो जाने भएको छ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार