29.1 C
Kathmandu

पोखरा विमानस्थल हस्तान्तरण

पोखरा / पोखरामा निर्माणको अन्तिम चरणमा रहेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल चीन सरकारले नेपाललाई हस्तान्तरण गरेको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमकावीच चीनका विदेशमन्त्री वाङ यीले समकक्षी नारायण खड्कालाई विमानस्थलको चाबी हस्तान्तरण गरेका हुन ।

विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार विमानस्थलको मुख्य संरचना निर्माणको काम सकिएको छ । यसैगरी सम्पूर्ण उपकरण र औजारको जडानको काम पनि पूरा भएको छ । एयरसाइडतर्फ २५ सय मिटर रनवे, डोमेस्टिक र इन्टरनेसनल एप्रोन, ह्यांगर, आइसोलेटेड पार्किङ, ट्याक्सी वे, एयरफिल्ड ग्राउन्ड लाइटिङलगायत मुख्य काम सकिइसकेका छन् । बिल्डिङतर्फ टर्मिनल, एटीसी टावर, ह्यांगरलगायत १४ वटा भवन बनेका छन् । सबै संरचना बनेर अहिले फिनिसिङका क्रममा छन् । ‘समग्रमा ९३ प्रतिशत काम सकिएको छ,’ मुनकर्मी भने, ‘निर्माणको काम सकिएकाले सञ्चालन प्रक्रियामा अघि बढेको छ ।’

नेपाल सरकारले राष्ट्रिय गौरबको योजनाका रुपमा अगाडी बढाएको यो विमानस्थल चीन सरकारको करिव २२ अर्ब सहुलियतपूर्ण ऋणमा निर्माण गरिएको हो । ऋण रकममध्ये ७५ प्रतिशत एक्जिम बैंकको २ प्रतिशत ब्याज र २५ प्रतिशत चीन सरकारको निर्ब्याजी ऋण हो ।

सन् २०२१ जुलाई १० भित्र सक्ने गरी २०७३ वैशाख १ मा विमानस्थलको शिलान्यास गरिएको थियो । तर कोरोनाका कारण आवश्यक उपकरणलगायत सामान आयात र कामदारको समेत अभाव भएपछि एक वर्ष म्याद थपिएको हो । आगामी जुलाई १० भित्र बाँकी काम पनि सकिने बताइएको छ ।

विमानस्थलमा बाढीको व्यवस्थापन, रिट्ठेपानी डाँडा काट्ने र पोखरा महानगरको ल्यान्डफिल साइट सार्ने चुनौती छन् । रिट्ठेपानी डाँडा छिट्टै कटान सुरु हुने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको भनाइ छ । चार महिनाभित्र ल्यान्डफिल्ड साइट नसारिए विमानस्थल सञ्चालनमा नआउने उनले स्पष्ट पारे । ‘डाँडा काटेपछि परीक्षण उडान हुनेछ,’ उनले भने, ‘तर ल्यान्डफिल्ड साइड नसारिए उडान अनिश्चित हुन्छ ।’ ल्यान्डफिल साइट हटाउन पोखरा महानगरले स्थान हेरिरहेको भए पनि अझै यकिन हुन सकेको छैन ।

सन् २०१४ को मे ३१ मा नागरिक उड्डयन प्राधिकरण र ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडबीच विमानस्थल निर्माणको ठेक्का सम्झौता भएको थियो । २०१६ मार्च २१ मा नेपाल र चीनको एक्जिम बैंकबीच ऋण सम्झौता भयो । नेपाल सरकार र प्राधिकरणबीच २०१६ जुन ५ मा अनुदान ऋण सम्झौता भयो । एक्जिम बैंकले २०१७ मे ३१ बाट ऋण प्रवाह गर्‍यो । २०१७ जुलाई ११ बाट काम सुरु भएको  हो।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार