26.1 C
Kathmandu

वैशाखमा क्यान इन्फोटेक आयोजना हुने

काठमाडौँ/क्यान इन्फोटेकको २७ औं संस्करण २०७९ वैशाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) बारे चेतना बढाउने अभिप्रायले सन् १९९५ देखि कम्प्युटर एसोसियसन अफ नेपाल क्यानले हरेक वर्ष यो प्रर्दशनी अयोजना गर्दै आइरहेको छ ।
क्यानका अनुसार यस पटक क्यान इन्फोटेकको टिकटको मूल्य १ रुपैयाँ हुने र टिकट पेपरलेस हुने छ । सूचना तथा संचार प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरूको सहभागीता रहनेछ । क्यान इन्फोटेकमा ब्रान्डिङ, आईसीटी एक्सेसरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, स्टार्ट-अप, रोबोटिक्स, इमर्जिङ टेक्नोलोजी, ई–वेस्ट म्यानेजमेन्ट, ई–गभर्नेन्स, सूचना प्रविधिमा महिला उद्यमी, वाइफाइ तथा इन्टरनेट र लर्निङ सेन्टर लगायतका विभिन्न खण्डहरू रहनेगरी तयारी अगाडि बढाईएको विज्ञप्तीमा उल्लेख छ ।

यसअघि नै आयोजना गर्ने भनिएको प्रदर्शनी कोभिड–१९ को लहरका कारण स्थगित भएको थियो । सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति अन्तरक्रिया गर्ने क्यानले जनाएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार