24.1 C
Kathmandu

एमसीसीमा साढे चार अर्ब सकियो, कार्यान्वयन हुनेमा अझै अन्योल

काठमाडौं । अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेञ्ज एकाउन्ट (एमसीसी)मा हालसम्म एमसीसीमा साढे चार अर्ब सकिएको भएपनि अझै कार्यान्वयन हुनेमा अझै अन्योलनै कामय रहेको छ ।

एमसीए नेपालको कार्यालय सञ्चालनदेखि परियोजना कार्यान्वयन गर्ने तयारीका क्रममा साढे चार अर्ब खर्च गरिसकेको अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालू आर्थिक वर्षको अर्थवार्षिक प्रतिवेदनमा उल्लेख छ ।

आयोजना कार्यान्वयन गर्ने निकाय मिलेनियम च्यालेञ्ज एकाउन्ट (एमसीए) नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टका अनुसार अहिलेसम्म भएको खर्च नेपाल सरकार र अमेरिका दुबै निकायबाट भएको छ ।

यस्तो खर्च आयोजना कार्यान्वयनको पूर्व तयारीका शर्त पूरा गर्ने क्रममा भएको विष्टले बताए । सम्झौता संसदबाट अनुमोदन गर्नुपर्ने भएकाले कार्यान्वयनमा जान सकेको छैन । अमेरिकी आर्थिक सहयोग कार्यक्रम अन्तर्गतको यो परियोजनामा २०७७ असारदेखि नै काम शुरू हुनुपर्ने भएपनि यसका पूर्व शर्त पूरा हुन नसक्दा कार्यान्वयनमा जान सकेको छैन ।

गत आर्थिक वर्षमै नेपालमा यो परियोजनाअन्तर्गत ३ अर्ब ५५ करोड ८८ लाख रुपैयाँ खर्च भइसकेको छ । चालू आवको पहिलो ६ महिनामा ३१ करोड ६७ लाख रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालू आर्थिक वर्षको अर्धवार्षिक प्रतिवेदनमा उल्लेख छ ।

यो खर्च केही महिनाअगाडि नै पठाएको खर्च भएकाले त्यसपछि थप भएको खर्च र भुक्तानीसहितको खर्च जोड्दा साढे ४ अर्ब नाघेको एमसीए नेपालको तथ्यांक छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार