29.1 C
Kathmandu

नेपालमा आक्रामक लगानी विस्तारमा डावर नेपाल, साढे नौ अर्ब लगानी विस्तारको योजना स्वीकृत

काठमाडौं । नेपालमा नाफाको ब्यापार गर्दै आएको बहुराष्ट्रिय कम्पनी डाबर नेपालले आक्रामक लगानी विस्तारको योजना अगाडि सारेको छ । यसका लागि डावर नेपालले साढे नौ अर्ब भन्दा बढी रकम लगानी गर्ने योजना लगानी बोर्डबाट स्वीकृत समेत भएको छ ।

लगानी बोर्डको बैठकले डाबरले प्रस्ताव गरेको नौ अर्ब ६८ अर्ब करोड रुपैयाँ लगानी थप्ने योजना बोर्डबा २५ माघमा स्वीकृत भएको छ । बोर्डको स्वीकृतिसँगै नेपालबाट निर्यातजन्य उत्पादमा बढी जोड दिएको यो कम्पनीले लगानी बढार उत्पादन पनि बढाउने भएको छ।

सन् १९८९ मा स्थापना भएको डाबर नेपालले नेपालमा व्यवसायिक उत्पादन सन् १९९२ देखि सुरु गरेको थियो । डाबरमा ९७.५० प्रतिशत सेयर हिस्सा डाबर इन्टरनेशनल लिमिटेडको रहेको छ । बाँकी २.५० प्रतिशत सेयर हिस्सा मात्रै नेपालमा यसलाई भित्र्याउने रुक्म शमशेर राणाको रहेको छ । डाबर नेपालले वर्षमा ५० करोड रुपैयमाँ भन्दा बढी नाफा गर्ने गर्छ ।

नेपालमा डाबर नेपालले सावन, स्याम्फो, मसला, दन्त मञ्जन, कपालमा लगाउने तेल, महिला सौन्दर्यका सामानहरुको उत्पादन र बिक्रीवितरण गर्छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार