26.1 C
Kathmandu

जाल्पा लघुवित्तको आइपीओ पौने ५ लाखलाई दिने भनेको २७ लाखले मागे, १० कित्ता पर्नेको भाग्य खुल्ने

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आइपीओमा मागभन्दा ६८ गुणा बढी आवेदन परेको छ । यसले सार्वजनिक गरेको प्राथमिक निष्काशन (आइपीओं)मा ६७.६ गुणा बढी आवेदन परेको र प्रतिशेयर आम्दानी पनि राम्रो भएकोले यसको १० कित्ता शेयर पर्ने नै भाग्यमानी हुने छन ।

यसमा परेको आवेदन अहिले सम्मकै धेरै समेत हो । निष्काशन गरिएको ५ लाख २२ हजार साधारण कित्ता मध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ०.५ प्रतिशत छुट्टाएर बाँकी रहेको ४ लाख ८७ हजार ९ सय कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरिएको गरिएको थियो ।

निष्काशनको अन्तिम तथा चौथो दिन अपरान्ह ५ बजेसम्म २७ लाख ०६ हजार ७ सय ६७ जना सर्वसाधारण लगानीकर्ताहरुबाट ३ करोड ३१ लाख १३ हजार ३ सय कित्ता सेयरका लागि ३ अर्ब ३१ करोड १३ लाख ३० हजार रकमको आवेदन परेको छ । यो आइपिओको निष्काशन तथा बिक्री प्रबन्धकको कार्य प्रभु क्यापिटल लिमिटेडले गरेको हो ।

आइपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता देखि अधिकतम ५ हजार २ सय २० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको थियो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार