23.1 C
Kathmandu

२३ अर्बमा दुई सौर्य ऊर्जा बनाउन अध्ययन गराउने निर्णय, बुट मोडलमा तल्लो अरुण बनाउने प्रस्ताव स्वीकृत

काठमाडौं । लगानी बोर्डले करिब २३ अर्ब रुपैयाँ लागत अनुमान गरेको दुई सौर्य ऊर्जा परियोजना निर्माण गर्न सम्भाव्यता अध्ययन गराउने निर्णय गरेको छ । बोर्डले बुट मोडलमा तल्लो अरुण बनाउने प्रस्ताव पनि सोही बैठबाट स्वीकृति गरेको छ ।

निर्माणाधिन यी दुई सौर्य ऊर्जाका परियोजनामध्ये १२५ मेगावाट डोटी जिल्लाको दिपायलमा र अर्को २२५ मेगावाटको डडेल्धुराको अमरगढी नगरपालिकामा निर्माण हुने भएको छ । ३५० मेगावट यी दुई परियोजनाको लागत करिब २३ अर्ब रुपैयाँ रहेको पनि लगानी बोर्डले जानकारी दिएको छ ।

बोर्डको मंगलबार बसेको बैठकले सुदूरपश्चिमको डोटी र डडेलधुरामा निर्माण गर्ने यी दुई आयोजनाको लागि सेन्टर इलेक्ट्रोनिक्स लिमिटेडलाई सम्भाव्यता अध्ययन गर्न अनुमति दिने निर्णय गरेको हो ।

बैठकले डावर नेपाल उद्योगको क्षमता अभिवृद्धि तथा उत्पादन विविधिकरण गर्न ९ अर्ब ६८ करोड ६३ लाख ४२ हजार रुपैयाँको लगानी स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

बैठकले तल्लो अरुण जलविद्युत् परियोजनाको निर्माण, स्वमित्वकरण, संचालन तथा हस्तान्तरण (बुट मोडल)बाट विकास गर्न छनौट भएको प्रस्तावक कम्पनी एसजेभीएन लिमिटेड इण्डियाले पेश गरेको प्रारम्भिक प्रतिवेदन स्वीकृत गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले लगानी प्रवर्द्धनका सम्बन्धमा विभिन्न संघ संस्थासँग समझदारीपत्र गर्न कार्यालयलाई अख्तियारी दिएको छ ।त्यसैगरी जेनेभास्थित वल्र्ड एशोसिएसन अफ पीपीी युनिट्स एण्ड प्रोफिेसनल्स संस्थाको सदस्यता ग्रहण गर्नसमेत स्वीकृति प्रदान गरेको छ ।

लगानी बोर्डको कार्यालयबाट तयार गरिएको नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने प्रविधिको तुलनात्मक अध्ययन सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि भएको बोर्डका सहसचिव तथा प्रवक्ता भगवान अर्यालद्वारा जारी एक प्रेस विज्ञप्तिमा उल्लेख छ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार