23.1 C
Kathmandu

जाल्पा लघुवित्त वित्तीय संस्थाको आइपीओ भर्न छुटाउनुहोला नि, पर्यो भने आकर्षक आम्दानी पक्का

काठमाडौं । जाल्पा लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्काशन गरेको छ । यसको आइपीओ लामो समयपछि खुलेकोले आवेदक २१ लाख नाध्ने अनुमान छ । तर, यसको सेयर परेको अवस्थामा यसबाट हुने कमाई भने पक्कै आकर्षक हुने छ । यो लघुवित्तको प्रतिशेयर आम्दानी नै ९६ रुmपैयाँ छ । यसले आर्थिक वर्ष २०७७र७८ मा प्रति सेयर आम्दानी ९६ रुपैयाँ ७५ पैसा थियो भने प्रतिसेयर नेटवर्थ ३७९ रुपैयाँ ८६ पैसा छ । साथै, संचित नाफा १३ करोड ८० लाख २० हजार रुपैयाँ रहेको छ ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले ५ करोड २२ लाख रुपैयाँको ५ लाख २२ हजार कित्ता आइपीओ निष्काशन गरेको हो ।

८ हजार कित्ता कम्पनीका कर्मचारी र २६ हजार १ सय कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

आइपीओमा माघ २५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा फागुन ६ गतेसम्म आवेदन दिन सक्नेछन् । आइपीओमा न्यूनतम १० देखि अधिकतममा ५ हजार २२० कित्ता सम्मका लागि आवेदन दिन सकिने छ ।

यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । आवेदनकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । यसअघि आइपीओ निष्काशन हुँदा माग भन्दा कयौं गुणा बढी आवेदन पर्ने गरेको थियो ।

यो कम्पनीको आइपीओ पनि लामो समयपछि आउन लागेको भएर माग भन्दा बढी नै आवेदन पर्नेमा कम्पनी निश्चित छ । जसले गर्दा लगानीकर्ताले १० कित्ताको लागि आवेदन दिनु नै उपयुक्त हुने देखिन्छ । लक्की ड्र गरेर बाँडफाँड हुने भएकोले भाग्यमानी आवेदनकर्ताले १० कित्ता सेयर पाउनेछन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार