26.1 C
Kathmandu

वाणिज्य बैंकहरूको निक्षेप १३ अर्बले घट्दासमेत कर्जा भने ६ अर्बले बढ्यो

वाणिज्य बैंकहरूमा माघ लागेपछि निक्षेप संकलन घट्न थालेको छ । पुस समान्तको तुलनामा माघ तेस्रो सातामा आइपुग्दा वाणिज्य बैंकहरूको निक्षेप १३ अर्ब रुपैयाँले घटेको छ ।

नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार पुस मसान्तसम्ममा वाणिज्य बैंकहरूमा ४३ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो । यस्तो निक्षेप माघ लागेपछि १३ अर्बले घटेर ४३ खर्ब ११ अर्ब रुपैयाँमा आइपुगेको छ ।  यो अवधिमा सञ्चालनमा रहेका २७ वटै वाणिज्य बैंकहरूको कर्जा प्रवाह भने ६ अर्ब रुपैयाँले बढेको छ ।

निक्षेप संकलन घटेको भएपनि बैंकहरूले कर्जा प्रवाहलाई भने रोकेका छैनन् । पुस मसान्तसम्ममा ४१ खर्ब ४३ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरूको कर्जा ४१ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ । यो अवधिमा वाणिज्य बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी) रेसियो औसतमा ९०.६० प्रतिशत रहेको छ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार