26.1 C
Kathmandu

नगदरहित बनाउन अब माेबाइल वालेटबीच अन्तरआवद्धता प्रभावकारी हुन, एउटै वालेट डाउनलोड गरे पुग्ने

काठमाडौं । माेबाइल वालेटबीच अन्तरआवद्धता सुरु भएको छ । अब जुनसुकैबाट पनि भुक्तानी सुविधा मिलेको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीमा अन्तरआवद्धता अनिवार्य गरेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार परिपत्र जारी भुक्तानी प्रणालीमा अन्तरआवद्धता प्रणाली लागू गरेसँगै अन्तर आवद्धताले व्यापकता पाउने पनि भएको छ ।

राष्ट्र बैंकको निर्देशनपछि इसेवाको वालेटमा आइएमई पेबाट पैसा तिर्न मिल्ने छ । केही भुक्तानी सेवा प्रदायक कम्पनीले एक आपसमा यस्तो प्रणालीको विकास गरिसकेका छन् । यसले अब खल्तिबाट इसेवा, आइएमई पे, प्रभु पे, इनेट पे, सेलपेसहित सबैमा भुक्तानी गर्न सकिने भएको छ ।

नेपाल राष्ट्र बैंकले अन्तरआवद्धता भन्नाले कुनै पनि अनुमतिपत्र प्राप्त संस्थाको प्रणाली, संयन्त्र वा उपकरणलाई अनुमतिपत्रप्राप्त अन्य संस्थाको प्रणाली, संयन्त्र वा उपकरणसँग विनाअवरोध संयोजन गराउन सहयोग गर्ने व्यावसायिक, प्राविधिक, तथा कानुनी व्यवस्था भन्ने जनाउँने उल्लेख गरेको छ । यो व्यवसथले अब वालेटलाई स्थायीत्वमा थप सहज हुने छ भने ग्राहक सचेतना बृद्धिमा एकुष्ट नीति भए पुग्ने छ ।

अन्तरआवद्धताले भुक्तानी सेवाका सहभागीलाई कुनै एउटा प्रणालीको सदस्य भई सोही प्रणालीमार्फत् अन्य प्रणालीसँग सूचना आदान प्रदान गर्न एवम् वित्तीय तथा भुक्तानी कारोबारको समाशोधन र फस्यौट गर्न सघाउँदछ।

निर्देशन हाललाई नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायकहरूबाट सञ्चालित साना मूल्यका भुक्तानी उपकरण तथा सेवा, जस्तैः मोबाइल बैंकिङ्ग, मोवाइल वालेट, क्यूआर कोड , साना मूल्यका भुक्तानी प्रणाली मा आवद्ध अन्य सहभागी संस्था, समय समयमा साना मूल्यका भुक्तानी प्रणाली अन्तर्गत पर्ने गरी परिभाषित गरेका कुनै पनि साना मूल्यका भुक्तानी उपकरणमा लागू हुने जनाएको छ ।

नेपाल राष्ट्र बैंकले अन्यथा तोकेको अवस्थामा बाहेक, नेपालमा साना मूल्यका भुक्तानी प्रणाली सञ्चालन गर्ने वा साना मूल्यका भुक्तानी उपकरण जारी गर्ने सबै अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवाप्रदायक संस्थाले यससम्बन्धी अन्तर्राष्ट्रिय असल अभ्यासद्वारा स्थापित प्राविधिक तथा व्यावसायीक मापदण्डहरुको पालना गर्नुपर्नेछ ।

कुनै संस्थाले सेवा सञ्चालन गर्दा यस्तो मापदण्ड पालना गर्न नसक्ने स्थिति सृजना भएमा यस बैंकको पूर्व स्वीकृति लिएर सेवा सञ्चालन गर्नुपर्नेछ। साना मूल्यका भुक्तानी प्रणाली सञ्चाल गर्न अनुमतिपत्रप्राप्त संस्थाले अन्य कुनै पनि अनुमतिपत्रप्राप्त संस्थालाई आफ्नो भुक्तानी प्रणालीमा पहुँच रोक्ने गरी नियमहरु बनाउन वा प्रविधिको प्रयोगमा रोक लगाउन पाउने छैन ।

भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकहरूले अन्तरआबद्धतासम्बन्धी सेवा दिदा सेवाग्राहीबाट प्राप्त हुन आएका तथ्याङको सुरक्षा तथा गोपनीयता कायम गर्नुपर्नेछ । साथै, तोकिएको सेवा प्रवाह गर्दा वाहेक अन्यत्र त्यस्तो तथ्याको प्रयोग नहुने सुनिश्चितता गर्नुपर्नेछ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार