29.1 C
Kathmandu

फिल्मी शैलीमा महानिर्देशक, कार्यालय पस्नासाथ आफ्ना विरोधीमाथि असह्य हस्तक्षेप गर्ने चेतावनी

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी फिल्मी शैंलीमा प्राधिकरणको महानिर्देशक भएका छन । २०६४ सालमा ७ औं तहबाट जागिर सुरु गरेको अधिकारी १४ वर्षमै महानिर्देशक हुन, सबै विषय संयोग पर्न र उनी अनकुलु निर्णय हुँदै जानुले फिल्मी शैंलीमा महानिर्देशक भएको देखाउँछ ।

अधिकारी नियुक्तिको निर्णय गोप्य राखिनु, नियुक्तिमा चलखेल हुनु र कार्यालय प्रवेशपछि विरोधी कर्मचारीमाथी असह्य हस्तक्षेपको धम्की उनले दिएका छन् ।

महानिर्देशकको पदबहाली गरेका छन् । सोमबार मन्त्रिपरिषदले अधिकारीलाई आगामी चार वर्षको लागि महानिर्देशक पदमा नियुक्त गरेको थियो । अधिकारीले विहीबार दिउँसो पदवहाली गरेका छन् । उनले प्राधिकरण प्रवेश गरेको १४ वर्षमै महानिर्देशक बन्न सकेकोमा आफूले छिटो लक्ष्य भेट्न सकेको उल्लेख गरे । उनले भने ‘लक्ष्य प्राप्ति गर्न कसलाई कति समय लाग्छ भन्न सकिदैन, मैले प्राधिकरण प्रवेश गरेपछि अरुको तुलना छिटो गर्न सफल भए,’ अधिरकारीले भने ।

महानिर्देशकको पद बहाली गर्दै अधिकारीले सबै कर्मचारीलाई इमान्दार भएर काम गर्न र संस्थाको हित विपरित कुनै काम नगर्न पनि निर्देशन दिए । अधिकारीले कुनै कर्मचारीले संस्था र व्यक्तिको चरित्रहत्या गर्ने काम नगर्न आग्रह गरे । कुनै कर्मचारीले त्यसो गरेको पाइएमा असह्यै हस्तक्षेप गर्ने चेतावनी पनि अधिकारीलाई प्राधिकरणका कर्मचारीलाई दिएका छन् । उने भने ‘कर्मचारी कसैलाई पनि मिडियामा लेख्न लगाउने र समाजिक सञ्जालमा लेख्ने काम नगर्नु ।’ उनले कर्मचारीलाई आफ्नो काममा विशिष्ठता देखाउनु वरिष्ठ कर्मचारीको दायित्व हुने पनि उल्लेख गरे ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार