24.1 C
Kathmandu

पाँच महिनापछि नेप्सेले पायो सीईओ, इन्साइडर ट्रेडिङ रोक्न सक्लान ?

काठमाडौं । इन्साइडर ट्रेडिङ गरेकै आरोपमा जागिर गुमाएका कर्मचारीको पदपूर्ति पाँच महिनापछि भएको छ । नेपाल स्टक एक्स्चेन्ज ९नेप्से०को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पाल्पा रिब्दीकोट वडा नम्बर ७ का कृष्णबहादुर कार्की नियुक्त भएका छन् । उनलाई सबैभन्दा ठूलो चुनौति नै शेयर बजारमा हुने इन्साइडर ट्रेडिङ रोक्नुपर्ने छ ।

कार्कीलाई १७ माघको मन्त्रिपरिषदको बैठकले नेप्सेको सीईओमा नियुक्त गरेको हो । नेप्सेका सीईओ चन्द्रसिंह साउदले पदबाट राजीनामा दिएपछि ८ भदौदेखि सीईओ पद खाली थियो । शेयरको भित्री कारोबार गरेको आरोप लागेपछि साउदले पदबाट राजीनामा दिएका थिए ।

५ महिना भन्दा लामो समयदेखि रिक्त रहेको नेप्सेको सीईओ पदमा तीन जनाले प्रतिस्पर्धा गरेको थिए । प्रतिस्पर्धामा कार्की, डा। केशव श्रेष्ठ र रमेश भण्डारी थिए । भण्डारी र श्रेष्ठलाई पन्छाएर कार्की नेप्सेको सीईओ बन्न सफल भएका छन् ।

सरकारबाट ४ वर्षका लागि नेप्सेको सीईओमा नियुक्ति पाएका कार्कीले यस अघि बुढीगण्डकी जलविद्युत् आयोजनाको प्रमुखको रूपमा काम गरिसकेका छन् । कार्की अर्थशास्त्र तथा जनप्रशासन विषयमा स्नातकोत्तर उत्तीर्ण हुन् ।
सीईओ कार्कीले भने नियुक्तिपछि आफू इन्साइडर ट्रेडिङ रोक्न आएकोले अब त्यस्तो कारोबार पूर्ण रोकिन प्रतिकृया पनि दिएका छन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार